काठमाडौँ- स्थानीय बजारमा आज एक तोला सुनको मूल्य ३ लाख ३ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार ३४० मा कारोबार भएको थियो । यसैगरी, बुधबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ६०० र एक तोला चाँदीको मोल रु पाँच हजार २९० कायम भएको थियो ।
गत मङ्गलबार प्रतितोला सुन रु तीन लाख ५ हजार ५०० र एक तोला चाँदीको मूल्य ५ हजार २४० कायम भएको थियो । गत सोमबार एक तोला सुन ३ लाख ४ हजार ६०० र त्यति नै परिमाणको चाँदी ५ हजार २५० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ५ हजार ६५ र त्यति नै चाँदी ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।