Logo

मतदान शान्तिपूर्ण सम्पन्न : ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

काठमाडौँ, २१ फागुनः प्रतिनिधिसभाको निर्वाचन सम्पन्नपछि काठमाडौँ वसन्तपुर मतदान केन्द्रबाट मतपेटिका मतगणनास्थलतर्फ लगिँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस
अ+ अ-

काठमाडौँ- निर्वाचन आयोगका अनुसार बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ ।

आयोगले बिहीबार साँझ मतदान सम्पन्न भएपश्चात् आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो ।

उहाँले देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । यसको विस्तृत विवरण सङुकलन कार्य जारी छ ।”

उहाँले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहकार्य एवम् समन्वय गर्ने नेपाल सरकार, प्रदेश सरकार, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल, पर्यवेक्षक सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।