चितवन- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले फराकिलो अग्रता लिनुभएको छ ।
पछिल्लो मत गणनाअनुसार रविले नौ हजार दुुई सय ३४, नेपाली कांग्रेसकी मीना खरेलले दुई हजार आठ सय २९, एमालेका अस्मिन घिमिरेले दुई हजार ६ सय ५९ र नेकपाका प्रताव गुरुङले एक हजार सात सय ९२ मत प्राप्त गर्नुभएको छ ।