Logo

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

अ+ अ-

काठमाडौँ-नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ २१ पैसा र बिक्रीदर १४७ रुपियाँ ८१ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपियाँ १७ पैसा र बिक्रीदर १७० रुपियाँ ८६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपियाँ २१ पैसा र बिक्रीदर १९८ रुपियाँ ०१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपियाँ ५५ पैसा र बिक्रीदर १८९ रुपियाँ ३२ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपियाँ १२ पैसा र बिक्रीदर १०५ रुपियाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ३२ पैसा र बिक्रीदर १०८ रुपियाँ ७६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ ४९ पैसा र बिक्रीदर ११५ रुपियाँ ९६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २८ पैसा र बिक्रीदर नौ रुपियाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ४३ पैसा र बिक्रीदर २१ रुपियाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ २३ पैसा र बिक्रीदर ३९ रुपियाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ३८ पैसा र बिक्रीदर ४० रुपियाँ ५४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६२ पैसा र बिक्रीदर चार रुपियाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ०८ पैसा र बिक्रीदर ४० रुपियाँ २५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ४९ पैसा र बिक्रीदर ३७ रुपियाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ९६ पैसा र बिक्रीदर १० रुपियाँ, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ८९ पैसा र बिक्रीदर १५ रुपियाँ ९६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ७७ पैसा र बिक्रीदर २२ रुपियाँ ८७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ८१ पैसा र बिक्रीदर १८ रुपियाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपियाँ २९ पैसा र बिक्रीदर ४८२ रुपियाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपियाँ ८६ पैसा र बिक्रीदर ३९१ रुपियाँ ४५ पैसा, ओमनी रियाल एकको खरिददर ३८२ रुपियाँ ३८ पैसा र बिक्रीदर ३८३ रुपियाँ ९४ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।