Logo

नेपाल आयो महिन्द्रा ‘जिओ’ इलेक्ट्रीक पीकअप

अ+ अ-

काठमाडौं। महिन्द्रा एण्ड महिन्द्राको आधिकारीक वितरक अग्नी इनकर्पोरेट प्रालिले नयाँ लाइट कमर्शियल इलेक्ट्रीक पीकअप नेपाल भित्रिएको छ। कम्पनीले बजेट लगत्तै बिक्री सुरु गर्ने योजनासहित पीकअप नेपाल ल्याएको हो । महिन्द्राको सहरी क्षेत्रमा ढुवानीको साधनको रुपमा प्रयोग हुने जीओ पीकअपमा २१।३ किलोवाट आवरको आइपी ६७ रेटेड ब्याट्री प्रयोग भएको छ । उक्त ब्याट्रीलाई फुल चार्जपछि गाडी १६० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।

यसको रेन्ज धेरै आउन सबैभन्दा महत्वपूर्ण भूमिका ३० किलोवाटको मोटरले खेल्ने छ । सानो मोटर भएको कारण इनर्जी खपत पनि कम नै हुने कम्पनीको भनाइ छ । गाडीको पेलोड क्षमता पनि उत्कृष्ट छ । यसले ७६५ केजी सामान बोकेर सहजै यात्रा गर्न सक्छ । गाडीको टप स्पीड क्षमता ६० किलोमिटर प्रतिघन्टा छ । जुन सहरी क्षेत्रको लागि निकै उपयोगी हुनेछ ।

स्मार्ट गियर सिफ्टर रहेको जिओ पीकअपको टर्निङ रेडियस पनि उत्कृष्ट छ । ४।३ मिटर टर्निङ रेडियस भएको कारण यसलाई साँघुरा गल्लीहरुमा पनि सहजै घुमानउ सकिन्छ । पीकअपमा १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स र २५०० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । भारतमा विभिन्न ४ भेरियन्टमा जिओ पीकअप बिक्री हुँदै आएको छ । नेपाली बजारमा कुन कुन भेरियन्ट उपलब्ध हुन्छ भन्ने कम्पनीले जानकारी दिएको छैन । पीकअपको लम्बाई ४ मिटरभन्दा छोटो छ । २।२ मिटर कार्गो स्पेश पाइने गाडीलाई एसी र डिसी दुबै चार्जरको प्रयोगले चार्ज गर्न सकिन्छ । नेपाली बजारमा यो पिकअप २१ लाख हाराहारिमा बिक्री हुने अपेक्षा गरिएको छ ।