Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अब आयल निगमका सबै आर्थिक कारोबार डिजिटल माध्यमबाट

अब आयल निगमका सबै आर्थिक कारोबार डिजिटल माध्यमबाट
अ+ अ-

काठमाडौँ – नेपाल आयल निगमले आगामी वैशाखदेखि सबै आर्थिक कारोबार डिजिटल माध्यमबाट गर्ने भएको छ । सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा समावेश सार्वजनिक सेवालाई डिजिटल प्रणालीमा लैजाने नीतिलाई सघाउ पु¥याउन आयल निगमले सम्पूर्ण आर्थिक कारोबार डिजिटल गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वको पहिलो मन्त्रीपरिषद् बैठकबाट पारित भई सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी एक सयबुँदे कार्ययोजनामा ‘‘सम्पूर्ण सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्¥याकिङयोग्य र पारदर्शी बनाउन प्रत्येक कार्यालयले एक महिनाभित्र समय र गतिको अध्ययन गरी कार्यालयको पुनर्विन्यास योजना तयार गर्ने” उल्लेख छ ।

सोही कार्ययोजना कार्यान्वयन गर्ने गरी आयल निगमले इन्टरप्राइजेज रिसोर्स प्लानिङ (इआरपी) सफ्टवेयरको पूर्ण क्षमता उपयोग गरी आर्थिक कारोबार अनलाइन प्रणालीमार्फत गर्ने निर्णय गरेको हो ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले आगामी वैशाखदेखि डिजिटल माध्यमबाट कारोबार गरिने जानकारी दिनुभयो ।

निगमले प्राप्त गर्ने आम्दानी पनि अनलाइनबाटै र भुक्तानी गर्नुपर्ने रकम पनि चेक प्रवाह नगरी अनलाइनबाटै दिने व्यवस्था लागु गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

निगमले छ वर्षअघिबाट इआरपी सफ्टवेयर लागु गरिरहे पनि आंशिक रूपमा मात्र कार्यान्वयन गरिरहेको छ । हाल आम्दानी र कर्मचारीको तलबभत्ता निकासाका लागि मात्रै अनलाइन प्रणाली लागु भएको निगमले जनाएको छ ।

सरकारले सम्पूर्ण सार्वजनिक सेवाको प्रक्रियालाई डिजिटल गर्ने नीति लिएपछि वैशाखबाट गर्ने भुक्तानीका लागि एउटा पनि चेक काट्न नपाउने र अनलाइनबाटै भुक्तानी गर्ने व्यवस्था लागु गर्न लागिएको निगमले जनाएको छ ।

वैशाखबाट पेट्रोलियम पदार्थ र ग्यासको ढुवानी भाडा, विभिन्न वस्तु तथा सेवाको आपूर्तिकर्ता, निर्माण व्यवसायीलगायतले पाउने भुक्तानी अनलाइनबाटै बैङ्क खातामा ट्रान्सफर हुने निगमले जनाएको छ । बिल बुझाएपछि चेक लिन निगमको कार्यालय धाउनुपर्ने व्यवस्थाको अन्त्य हुने छ । निगमका सबै कार्यालयलाई वैशाखदेखि चेकबाट हुने भुक्तानीलाई रोक्ने भएकाले डिजिटल माध्यमबाट भुक्तानीका लागि सबै प्रक्रिया पूरा गर्न परिपत्र गरेको जनाएको छ ।

2