Logo

भोली ३ बजे बजेट कार्यक्रम संयुक्त संसदमा प्रस्तुत हुने

अ+ अ-

काठमाडौं – भोली ३ बजे संयुक्त सदनमा बजेट सार्वजनिक हुने भएको छ । प्रतिनीधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्ने र अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

जेठ १५ गते संघीय सरकारको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोहि अनुसार हरेक वर्ष सोहि दिन बजेट सार्वजनिक गरिदै आएको छ ।

मंगलबार र बुधबार संसद अवरोध पनि आर्थिक सर्वेक्षण समेत भोली नै पेस गर्ने कार्यक्रम राखिएको छ । गृहमन्त्री लेखक भिजिट भिषामा कमिसन लिएको विषयमा संलग्न रहेको आरोप लागेको छ । जसलाई लिएर विपक्षी दलले संसद अवरुद्ध बनाएको थियो । विपक्षी दलका संसदले गृहमन्त्रीको राजिनामा नै माग गरिरहेका छन् ।