Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

भैरहवा र बुटवलमा एकीकृत डिपोमार्फत ग्यास बिक्री सुरु

फाइल फोटो
अ+ अ-

काठमाडौं। ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको समन्वयमा भैरहवा र बुटवलमा एकीकृत डिपो सञ्चालन गरी विभिन्न ब्रान्डका एलपी ग्यास बिक्री सुरु गरिएको छ।

काठमाडौंको टेकुस्थित निगमको पुरानो कार्यालयबाट एकीकृत रूपमा ग्यास बिक्री गर्दा उपत्यकामा आपूर्ति सहज भएको अभ्यासलाई विस्तार गर्दै उपत्यकाबाहिर पनि यस्तो व्यवस्था सुरु गरिएको निगमले जनाएको छ।

निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भलवारीका प्रमुख शैलेन्द्र भुसालका अनुसार मंगलबार भैरहवास्थित खाद्य संस्थानको प्रांगणबाट बुटवल, स्वस्तिक, सिद्धार्थ, त्रिशूल र चण्डेश्वरी ब्रान्डका ५४० सिलिन्डर बिक्री गरिएको थियो।

त्यस्तै, बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पस परिसरबाट बुटवल, आरती, सिद्धार्थ, सिद्धनाथ, जानकी, स्वस्तिक, लुम्बिनी र त्रिशूल ब्रान्डका ८२८ सिलिन्डर बिक्री गरिएको भुसालले बताए।

एकीकृत डिपोमा विशेषगरी विद्यार्थी, सुत्केरी महिला, किरियापुत्री बसेका परिवार तथा विपन्न वर्गका उपभोक्ताको उपस्थिति उल्लेख्य रहेको निगमले जनाएको छ। थप ग्यासको माग बढेपछि बिहीबार पुनः दुवै स्थानबाट बिक्री गरिने भएको छ।

भुसालका अनुसार बिहीबार करिब ३ हजार ग्यास सिलिन्डर वितरण गर्ने तयारी छ। अत्यावश्यक भएका उपभोक्तालाई मात्र बिक्री केन्द्रमा आएर ग्यास लिन आग्रह गर्दै निगमले घरमा भण्डारण गर्ने उद्देश्यले अनावश्यक रूपमा लाइनमा नबस्न अनुरोध गरेको छ।

2