Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सिंहदरबारमै खाद्य कम्पनीको बिक्री कक्ष, सुपथ मूल्य पसल पनि खुल्दै

सिंहदरबारमै खाद्य कम्पनीको बिक्री कक्ष, सुपथ मूल्य पसल पनि खुल्दै
अ+ अ-

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ। कम्पनीको सातौँ वार्षिकोत्सवको अवसरमा बिहीबारदेखि बिक्री कक्ष सञ्चालनमा आउन लागेको हो।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बिहीबार बिक्री कक्षको उद्घाटन गर्ने कार्यक्रम छ। बिक्री कक्षबाट कम्पनीका चामल, दाल, तेल, चिनी, नुनलगायत दैनिक उपभोग्य वस्तु तथा चिनो, कागुनो, फापर र सिमीजस्ता स्थानीय खाद्यवस्तु सर्वसुलभ मूल्यमा बिक्री गरिनेछ।

कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार उपभोक्ताले सिंहदरबारमै कम्पनीका उत्पादन सहज रूपमा खरिद गर्न सक्नेछन्।

यसैगरी, कम्पनीले बिहीबारदेखि देशभर ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। ती पसलमा दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो तथा प्रतिलिटर ५ रुपैयाँ छुट उपलब्ध गराइने कम्पनीले जनाएको छ।

2