काठमाडौँ। स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँले घटेर ३ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले बढेर ४ हजार ७४५ रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
