Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग चाँडै सर्वसाधारणका लागि खुल्ने

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग चाँडै सर्वसाधारणका लागि खुल्ने
अ+ अ-

काठमाडौं। नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणका लागि चाँडै खुला गरिने भएको छ।

साउन दोस्रो साता उद्घाटन भएको सुरुङमार्ग हाल एम्बुलेन्सलगायत आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा छ।

आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीका अनुसार दैनिक १५० देखि २०० वटासम्म आकस्मिक सवारी सुरुङमार्गबाट निःशुल्क आवतजावत गरिरहेका छन्।

सर्वसाधारणका लागि खोल्नुअघि सुरुङभित्र आपत्कालीन उद्धार तथा आगलागी नियन्त्रणसम्बन्धी मक ड्रिल सम्पन्न गरिएको छ। अभ्यासमा काठमाडौं महानगरपालिका, चन्द्रागिरि नगरपालिका, दमकल तथा सशस्त्र प्रहरीका सम्बन्धित टोली सहभागी भएका थिए।

अब सञ्चालनको जिम्मेवारी पाएका कम्पनीले ‘सुरुङमार्ग सञ्चालन योजना’ पेश गर्नेछन्। योजना स्वीकृत भएपछि सुरुङमार्ग चरणबद्ध रूपमा व्यावसायिक सञ्चालनमा ल्याइनेछ। सुरुमा साना सवारीसाधनलाई सीमित गतिमा प्रवेश दिइनेछ। आगामी सोमबारदेखि साना सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न दिने तयारी भइरहेको पन्थीले बताए।

मुख्य सुरुङ २.६८८ किलोमिटर लामो छ भने आपत्कालीन उद्धारका लागि २.५५ किलोमिटरको छुट्टै सुरुङ निर्माण गरिएको छ। पूर्ण सञ्चालनमा आएपछि सुरुङले यात्रा समय, दूरी, इन्धन तथा ढुवानी लागत घटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

सरकारले सवारीसाधनको प्रकारअनुसार सुरुङ प्रयोग गरेबापत ६० रुपैयाँदेखि ६०० रुपैयाँसम्म टोल निर्धारण गरिसकेको छ। काठमाडौं प्रवेश र बाहिरिने सवारीसाधनका लागि फरक शुल्क तोकिएको छ।

2