udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

‘टनेल २६’ अक्टोबरमा विश्वभर प्रदर्शन हुँदै, नेपाल–भारत–भुटानको सहकार्य

‘टनेल २६’ अक्टोबरमा विश्वभर प्रदर्शन हुँदै, नेपाल–भारत–भुटानको सहकार्य
A A+ A-

काठमाडौं। नेपाली सुपरस्टार प्रदीप खड्का, अर्बपति व्यवसायी निर्वाणा चौधरी, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता र भुटानी अभिनेता संगे छेल्ट्रिमको संयुक्त निर्माणमा तयार भएको चलचित्र ‘टनेल २६’ प्रदर्शनका लागि तयार भएको छ।

नेपाल, भारत र भुटानका कलाकार तथा प्राविधिकको सहकार्यमा निर्माण भएको यो चलचित्रले तीन देशका चलचित्र उद्योगलाई एउटै सिनेम्याटिक परियोजनामा जोडेको छ।

जुम्बी थ्रिलर विधामा निर्माण गरिएको चलचित्रमा नेपाली अभिनेता अनुपविक्रम शाही, अभिनेत्री आना शर्मा र भुटानी अभिनेता संगे छेल्ट्रिमलगायतको प्रमुख भूमिका रहेको छ। चलचित्रको छायांकन करिब ६ महिनाअघि नै सम्पन्न भइसकेको हो भने हाल थाइल्यान्डमा पोस्ट–प्रोडक्सनको काम भइरहेको निर्माण पक्षले जनाएको छ।

‘टनेल २६’ नेपाली, भुटानी र भारतीय भाषामा प्रदर्शन गर्ने तयारी गरिएको छ। निर्माण पक्षले यसलाई नेपाली सिनेमालाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने महत्वाकांक्षी परियोजनाका रूपमा प्रस्तुत गरेको छ।

यसैबीच, निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको छ। टिजरमा चलचित्रको कथावस्तु तथा जुम्बी थ्रिलरको फरक शैलीलाई प्रस्तुत गरिएको छ।

‘टनेल २६’ प्रदीप खड्काको चौथो निर्माण परियोजना हो। यसअघि उनले ‘स्केप’, ‘ठूलो मान्छे’ र ‘एक्लो’ निर्माण गरिसकेका छन्।

चलचित्रबारे खड्काले विश्वव्यापी दर्शकलाई लक्षित गरेर परियोजना डिजाइन गरिएको बताएका छन्। “हामीले सोच्दा नै केही अलिकति वल्र्डवाइड किसिमले सोचौँ भनेर यो महत्वाकांक्षी प्रोजेक्टको डिजाइन गरेका थियौँ। आशा छ, हामी दर्शकको बदलिँदो चेतना र चाहनाअनुसार केही न केही नयाँ टेस्ट दिने तयारीमा छौँ,” उनले भने।

निर्माण पक्षका अनुसार चलचित्रलाई आगामी अक्टोबरमा विश्वभर प्रदर्शन गर्ने तयारी गरिएको छ। यसको ठ्याक्कै रिलिज मिति भने केही साताभित्र सार्वजनिक गरिनेछ।

चलचित्र हलमा प्रदर्शन गर्नुका साथै भारतको एक प्रतिष्ठित ओटीटी प्लेटफर्ममार्फत पनि दर्शकमाझ पुर्‍याउने तयारी भइरहेको छ।

मिडिया व्यवस्थापनको जिम्मेवारी लिएको लिभेन्स स्टुडियोका सन्तोष कुमार कार्कीका अनुसार नेपाल, भारत र भुटान तीनवटै देशका दर्शकमाझ पुग्ने गरी प्रचारप्रसार अघि बढाइँदैछ। चलचित्रको बजेट तथा अन्य विस्तृत विवरणसमेत चाँडै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action