Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

स्मार्टफोन बन्दैछ किसानको नयाँ कृषि सल्लाहकार

स्मार्टफोन बन्दैछ किसानको नयाँ कृषि सल्लाहकार
तस्बिर : एआई
A A+ A-

काठमाडौं। खेतीसम्बन्धी समस्या पर्दा गाउँका अगुवा किसान वा कृषि कार्यालय पुग्ने नेपाली किसानको परम्परागत अभ्यास बिस्तारै बदलिँदै गएको छ।

स्मार्टफोनको पहुँच बढेसँगै मौसम, बजार मूल्य, रोग तथा कृषि प्रविधिसम्बन्धी सूचना मोबाइल एपमार्फत किसानको हातमै पुग्न थालेको छ।

भौगोलिक विकटता र कृषि प्रसार सेवामा जनशक्ति अभावका कारण किसानसम्म समयमै प्राविधिक सेवा पुर्‍याउन चुनौती रहँदै आएको अवस्थामा डिजिटल प्रविधि प्रभावकारी विकल्प बन्न थालेको हो।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुरका किसान राजन सापकोटा मौसम र बजारको जानकारी मोबाइलबाटै लिने बताउँछन्। “मेरा लागि मोबाइल एप नै खेती गर्ने सल्लाहकार हुन्,” उनले भने।

कृषि अनुसन्धान तथा प्रसार क्षेत्रमा लामो समय काम गरेका कृष्ण धितालका अनुसार नेपालमा एक कृषि प्राविधिकले औसतमा १ हजार ३३३ किसान घरधुरीलाई सेवा दिनुपर्ने अवस्था छ। सीमित जनशक्तिका कारण सबै किसानसम्म प्रत्यक्ष पुग्न सम्भव नभएकाले स्मार्टफोन कृषि सूचना प्रवाहको छिटो माध्यम बन्न सक्ने उनको भनाइ छ।

सरकारले पनि कृषि क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिन थालेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले सञ्चालनमा ल्याएको एमपिस एपमार्फत किसानले कृषि उपजको थोक मूल्य, विभिन्न बजारको मूल्य तुलना, मूल्य प्रवृत्ति, कृषि मौसम सल्लाह तथा बजारसम्बन्धी जानकारी पाउन सक्ने व्यवस्था गरिएको छ। सरकारी कार्यक्रम, अनुदान र कृषि तथ्यांकसम्बन्धी सूचना पनि डिजिटल माध्यमबाट उपलब्ध गराउने प्रयास भइरहेको छ।

वरिष्ठ कृषि प्रसार अधिकृत दीपक पौडेलका अनुसार मल, बीउ र सिँचाइसँगै सही सूचना कृषि उत्पादनका लागि महत्वपूर्ण हुन्छ। कुन समयमा कुन बाली लगाउने, रोगको जोखिम कस्तो छ, मौसम कस्तो रहनेछ र बजारमा मूल्य कति छ भन्ने जानकारीले किसानको निर्णयमा प्रत्यक्ष प्रभाव पार्ने उनी बताउँछन्।

धादिङकी किसान रूपा सुवेदीले मोबाइलबाट बजार मूल्य हेर्न थालेपछि तरकारी बिक्रीमा सहज भएको बताइन्। पहिले व्यापारीले भनेकै मूल्यमा बेच्नुपर्ने अवस्था रहे पनि अहिले कालीमाटीलगायत बजारको मूल्य हेरेर मात्र बिक्री गर्ने गरेको उनको भनाइ छ।

कृषि विज्ञहरूका अनुसार डिजिटल उपकरणले किसान र बजारबीचको सूचना असमानता घटाउँदै किसानको सौदाबाजी क्षमता बढाइरहेका छन्।

जलवायु परिवर्तनका कारण मौसमजन्य जोखिम बढिरहेका बेला मौसम र कृषि जोखिमसम्बन्धी सूचना दिने एपको महत्वसमेत बढेको छ। नेपालमा दुई दर्जनभन्दा बढी कृषि एप प्रयोगमा रहे पनि नियमित अद्यावधिक र प्रभावकारी सञ्चालन चुनौतीका रूपमा रहेको छ।

समयमै सही सूचना उपलब्ध गराउन सके डिजिटल प्रविधिले उत्पादन लागत घटाउने, बजारमा राम्रो मूल्य पाउने र किसानको आम्दानी बढाउने आधार तयार गर्न सक्ने विज्ञहरूको भनाइ छ।

2