udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

पशुपति क्षेत्र विकास कोषले एकतर्फी रूपमा तोड्यो बुढासुब्बासँगको सम्झौता

पशुपति क्षेत्र विकास कोषले एकतर्फी रूपमा तोड्यो बुढासुब्बासँगको सम्झौता
A A+ A-

काठमाडौं। पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा दैनिक हुने सन्ध्या आरतीको प्रत्यक्ष प्रशारणको जिम्मेवारी पाएको निजी कम्पनी बुढासुब्बासँगको सम्झौता एकतर्फी रूपमा तोडेको छ। पाँच वर्षका लागि गरिएको सम्झौता तीन वर्षमै रद्द गरिएपछि कम्पनीले कोषको निर्णयविरुद्ध अदालतमा रिट दायर गरेको छ।

कोषले २०८० साल भदौ ११ गते बुढासुब्बासँग २४ बुँदे सम्झौता गरेको थियो। सम्झौताअनुसार कम्पनीले मासिक १ लाख ६० हजार रुपैयाँ भाडा र मूल्य अभिवृद्धि कर बुझाउँदै आएको थियो। कम्पनीका कार्यकारी प्रमुख नवराज गिरीका अनुसार सम्झौतामा दीप प्रज्वलन र भिडियो सुटका लागि भक्तजनबाट लिइने शुल्कको दररेट कोषबाट स्वीकृत गराउनुपर्ने प्रावधान थियो। तर, तीन वर्षसम्म पटक-पटक ताकेता गर्दा पनि कोषले दररेट स्वीकृत नगर्दा कम्पनीले कुनै आम्दानी गर्न सकेको थिएन।

गिरीले पशुपति क्षेत्रमा आफूले साढे तीन करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेको दाबी गरेका छन्। उनले भने, ‘मैले मन्त्रीदेखि शाखा प्रमुखसम्मलाई पत्र लेखेँ, तर कसैले निकास दिएनन्।’ कोषले भने गत भदौ २२ गते सम्झौता रद्द भएको पत्र बुढासुब्बालाई पठाएको छ। पत्रमा सम्झौता रद्द हुनुको स्पष्ट कारण नखुलाई ‘कोष सञ्चालक परिषद्को वैशाख १५ गतेको निर्णय’ उल्लेख गरिएको छ।

यसअघि भालेश्वर नामक अर्को कम्पनीसँगको सम्झौता खारेज गर्ने निर्णय कोषले वैशाख १५ गते गरेको थियो। बुढासुब्बाका सञ्चालकले सोही निर्णयको हवाला दिएर आफूहरूलाई पूर्वाग्रहपूर्ण ढंगले हटाउन खोजिएको आरोप लगाएका छन्। उता, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थप्रसाद श्रेष्ठले मुद्दा अदालतमा विचाराधीन रहेकाले आफूले थप प्रतिक्रिया दिन नमिल्ने बताएका छन्। उनले आफू सदस्य सचिव हुनुभन्दा अगाडि नै उक्त निर्णय भइसकेको दाबी गरेका छन्।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action