Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

अर्घाखाँचीमा १० मेगावाट सौर्य आयोजना अन्तिम चरणमा

अर्घाखाँचीमा १० मेगावाट सौर्य आयोजना अन्तिम चरणमा
A A+ A-

अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्कमा निर्माण भइरहेको १० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ।

अर्घाभगवती भेन्चर्स प्रालिमार्फत अर्घा सौर्य ऊर्जा कम्पनीले आयोजना निर्माण गरी उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरेको हो।

सन्धिखर्क नगरपालिका–१ बाहुनडाँडामा करिब २५० रोपनी जग्गा लिजमा लिएर आयोजना निर्माण भइरहेको छ। करिब १ अर्ब १० करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको आयोजनामा अहिलेसम्म करिब १७ हजार सोलार पाता जडान गरिएको कम्पनीले जनाएको छ।

न्यु अरनिको कन्स्ट्रक्सन सिन्धुपाल्चोकका जङ्ग तामाङका अनुसार आयोजनाको निर्माण तीन वर्षदेखि निरन्तर भइरहेको छ। कम्पनीले २०८३ असोजभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ।

आयोजना सञ्चालनमा आएपछि उत्पादित १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। यसले स्थानीय स्तरमा वैकल्पिक ऊर्जा उत्पादन बढाउनुका साथै मुलुकको ऊर्जा आत्मनिर्भरता विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

आयोजनाको संरचना निर्माणसँगै विद्युत् उपयोगका लागि चारवटा चार्जिङ स्टेसनसमेत निर्माण गरिएको कम्पनीका सञ्चालक डिल्लीराज पौडेलले जानकारी दिए।

आयोजना सञ्चालनमा आएपछि करिब २२ जनाले प्रत्यक्ष रोजगारी पाउने कम्पनीले जनाएको छ। भिरालो पाखो जमिनलाई उपयोग गर्दै निर्माण गरिएको आयोजनाले स्थानीय रूपमा प्रयोगविहीन रहेको जमिनलाई ऊर्जा उत्पादनमा जोड्ने अवसरसमेत सिर्जना गरेको छ।

सौर्य ऊर्जामा निजी क्षेत्रको लगानी बढिरहेका बेला अर्घाखाँचीमा निर्माण भइरहेको यो आयोजना जिल्लाको ऊर्जा उत्पादन क्षमता विस्तार गर्ने महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ। आयोजना पूरा भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा थप १० मेगावाट स्वच्छ ऊर्जा थपिनेछ।

2