Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

डिम्याट खाता ८१ लाख नाघ्यो

अ+ अ-

काठमाडौं। नेपालमा सेयर बजारमा सहभागी हुने नागरिकको संख्या बढेसँगै डिम्याट खाता खोल्ने क्रम पनि तीव्र बनेको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार देशभर डिम्याट खाताको संख्या ८१ लाख २० हजार ७ सय पुगेको छ।

कुल डिम्याट खातामध्ये १० लाख ३ हजार ६ वटा खाता नाबालकका नाममा छन्। १८ वर्षभन्दा कम उमेरका बालबालिकाको नाममा अभिभावकको संरक्षकत्वमा बैंक तथा डिम्याट खाता खोल्न सकिने भएकाले यस्तो खाता बढ्दै गएको हो। १८ वर्ष पुगेपछि भने खाताधनीले आफ्नो खाता आफैं सञ्चालन गर्न सक्छन्।

प्राथमिक तथा दोस्रो बजारमा सेयर लगानीका लागि डिम्याट खाता अनिवार्य हुने र आईपीओमा न्यूनतम १० कित्ता आवेदन दिन सकिने व्यवस्थाले पनि डिम्याट खाता विस्तारमा योगदान गरेको देखिन्छ।

सीडीएससीका अनुसार कुल खातामध्ये ४६ लाख ४४ हजार ९६ पुरुषका नाममा र ३४ लाख ७६ हजार ५ सय ८० महिला नाममा छन्। संस्थापक समूहका ९ हजार ६ सय ५ तथा अन्य शीर्षकका ७७ खाता पनि छन्।

तर डिम्याट खाताको संख्या नै वास्तविक लगानीकर्ताको संख्या भने होइन। एउटै व्यक्तिले एकभन्दा बढी डिम्याट खाता खोल्न सक्ने भएकाले खाताको संख्या वास्तविक लगानीकर्ताभन्दा बढी हुन सक्छ। स्रोतका अनुसार करिब ५ देखि ६ लाख खाता दोहोरिएका हुन सक्ने अनुमान छ। कतिपय खाता आईपीओ आवेदनमा मात्र प्रयोग हुने गरेका छन् भने धेरै खाता सेयरविहीन अवस्थामा समेत छन्।

उमेर समूहअनुसार १८ देखि ३० वर्षका व्यक्तिका नाममा करिब २४ लाख ४३ हजार डिम्याट खाता छन्। यसले सेयर बजारप्रति युवा पुस्ताको आकर्षण उच्च रहेको देखाउँछ। ७० वर्षभन्दा माथिका व्यक्तिका नाममा पनि २ लाख ५० हजार ८ सय ४० खाता छन्।

पछिल्लो पाँच वर्षमा मात्रै डिम्याट खाता २६ लाख ६३ हजार थपिएका छन्। यस्तै, सेयर विवरण हेर्न तथा आईपीओ आवेदनलगायतका काममा प्रयोग हुने ‘मेरो सेयर’का प्रयोगकर्ता ७० लाख ९६ हजार ८३ पुगेका छन्। तीमध्ये ५१ लाख ४८ हजार ८ सय ९३ सक्रिय प्रयोगकर्ता छन्।

नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष एसपी चौलागाईंका अनुसार डिम्याट खाताको संख्या बढ्दैमा पुँजीबजारको वास्तविक विस्तार भएको मान्न सकिँदैन। एउटै व्यक्तिका धेरै खाता हुनु र आईपीओका लागि मात्र खाता खोलिने प्रवृत्तिले पनि संख्या बढाएको उनको भनाइ छ।

कम्पनीहरूको वित्तीय अवस्था र लाभांश क्षमता राम्रो भए पनि लगानीकर्ताको आकर्षण अपेक्षाअनुसार नबढेको चौलागाईं बताउँछन्। सरकारको आर्थिक नीति र व्यवहारबीचको अन्तरले लगानीकर्ताको विश्वासमा असर गरेको उनको भनाइ छ।

डिम्याट खाता र ‘मेरो सेयर’ प्रयोगकर्ता बढेसँगै डिजिटल प्रणालीमा पर्ने चाप व्यवस्थापन गर्न सीडीएससीले प्रणालीको क्षमता आवश्यकताअनुसार विस्तार गर्दै आएको जनाएको छ।

सीडीएससीका अनुसार प्रणालीमा पर्ने लोडका आधारमा नियमित अपडेट, क्षमता विस्तार र प्राविधिक पूर्वाधार थप्ने काम भइरहेको छ। प्रयोगकर्ता र कारोबारको चाप बढ्दै जाँदा आवश्यक स्रोत तथा प्रविधि व्यवस्थापन गर्ने कामलाई निरन्तरता दिइएको छ।

दोस्रो बजारमा हाल १९ अर्ब २७ करोड ६४ लाख ८८ हजार ६ सय ९८ कित्ता सेयर सूचीकृत छन्। त्यसमध्ये १८ अर्ब ६० करोड २९ लाख ५८ हजार ७ सय ८२ कित्ता सेयर डिम्याट भइसकेको सीडीएससीले जनाएको छ।

2