udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सुर्खेतमा १५ अर्बको सूर्यतारा सिमेन्ट उद्योग निर्माण हुँदै

सुर्खेतमा १५ अर्बको सूर्यतारा सिमेन्ट उद्योग निर्माण हुँदै
A A+ A-

सुर्खेत। पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–९ सुनाकाँडामा सूर्यतारा सिमेन्ट उद्योग निर्माण सुरु भएको छ।

करिब १५ अर्ब रुपैयाँ लगानीमा स्थापना हुन लागेको उद्योगका लागि क्रसर प्लान्ट, आवास तथा अन्य आवश्यक संरचना निर्माणको काम तीव्र पारिएको छ।

सरकारी र निजी गरी करिब ५०० रोपनी जग्गामा उद्योगका संरचना निर्माण भइरहेका छन्। परियोजना प्रमुख सञ्जय मिश्राका अनुसार अहिले करिब २५० मजदुर निर्माण कार्यमा संलग्न छन्। उद्योगका लागि माटो परीक्षण, प्लान्ट संरचना र कर्मचारी आवास निर्माणको काम अघि बढेको छ।

कम्पनीले अबको १७ देखि १८ महिनाभित्र संरचना निर्माण सम्पन्न गरी उद्योग सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। उद्योग सञ्चालनमा आएपछि दैनिक ५० हजार बोरा सिमेन्ट उत्पादन गर्ने र करिब १ हजार जनालाई प्रत्यक्ष रोजगारी दिने कम्पनीले जनाएको छ।

उद्योगका लागि आवश्यक चुनढुङ्गा भने सुर्खेतकै वराहताल गाउँपालिका–७ लखरपाटाबाट उत्खनन गरिनेछ। उद्योग स्थल सुनाकाँडाबाट चुनढुङ्गा खानी करिब २४ किलोमिटर दूरीमा रहेको छ।

तर उद्योग निर्माण तीव्र भइरहे पनि आवश्यक निर्माण सामग्री स्थलसम्म पुर्‍याउने सडक पूर्वाधार भने चुनौती बनेको छ। चौकुने गाउँपालिकाको केन्द्र गुटुबजारबाट उद्योग स्थलतर्फ जाने सडकमा गुटुखोलामा पुल नहुँदा ढुवानीमा समस्या भएको कम्पनीले जनाएको छ। कैलालीको चिसापानीतर्फ जोडिने सडकको अवस्था पनि कमजोर रहेको छ।

परियोजना प्रमुख मिश्राले पुल निर्माण तथा सडक स्तरोन्नति नहुँदा निर्माण सामग्री ढुवानीमा कठिनाइ भइरहेको बताए। स्थानीय तथा प्रदेश सरकारलाई सडक सुधार र पुल निर्माणका लागि पहल गर्न उनले आग्रह गरेका छन्।

चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले उद्योग स्थापना हुनु पालिकाका लागि गौरवको विषय भएको बताए। उद्योगले स्थानीय अर्थतन्त्र र रोजगारी विस्तारमा महत्वपूर्ण योगदान गर्ने उनको भनाइ छ।

उनका अनुसार उद्योग स्थलसम्मको सडकको ट्र्याक पालिकाले आफ्नै पहलमा खोलेको भए पनि ठूला पूर्वाधार निर्माण पालिकाको स्रोतबाट सम्भव छैन। त्यसैले सडक स्तरोन्नति र पुल निर्माणका लागि प्रदेश सरकारसँग सहजीकरण भइरहेको उनले बताए।

उद्योग सञ्चालनमा आएपछि पश्चिम सुर्खेतको औद्योगिक गतिविधि बढ्नुका साथै स्थानीय उत्पादन, रोजगारी र पूर्वाधार विकासमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action