Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

चीनमा बढ्दो गर्मीमा विद्युत् ग्रिडलाई तीन प्रविधिको भर

चीनमा बढ्दो गर्मीमा विद्युत् ग्रिडलाई तीन प्रविधिको भर
A A+ A-

काठमाडौं। चीनमा यस वर्षको रेकर्ड गर्मीका कारण विद्युत् माग उच्च विन्दुमा पुगे पनि विद्युत् ग्रिडले चरम माग व्यवस्थापनमा थप क्षमता देखाएको छ।

अल्ट्रा–हाई भोल्टेज प्रसारण, नयाँ पुस्ताको ऊर्जा भण्डारण र स्मार्ट माग व्यवस्थापनको संयोजनले उच्च मागको समयमा विद्युत् आपूर्ति सन्तुलन कायम गर्न सहयोग गरिरहेको छ।

चीनले लामो दूरीमा ठूलो परिमाणको विद्युत् प्रसारणका लागि अल्ट्रा–हाई भोल्टेज प्रविधिको प्रयोग विस्तार गरिरहेको छ। उदाहरणका लागि हामी–चोङछिङ अल्ट्रा–हाई भोल्टेज परियोजनाले उच्च मागको समयमा करिब ६० लाख किलोवाट विद्युत् प्रसारण गर्न सक्ने क्षमता राख्छ। यसले ऊर्जा उत्पादन हुने क्षेत्रबाट उच्च माग भएका औद्योगिक तथा शहरी केन्द्रसम्म विद्युत् पुर्‍याउन सहज बनाएको छ।

त्यस्तै, नयाँ प्रकारका ऊर्जा भण्डारण प्रणालीले नवीकरणीय ऊर्जाको उत्पादन र मागबीचको अन्तर घटाउन भूमिका खेलिरहेका छन्। दिनको समयमा सौर्य तथा अन्य नवीकरणीय स्रोतबाट बढी विद्युत् उत्पादन हुँदा भण्डारण प्रणालीले अतिरिक्त विद्युत् सञ्चित गर्छन् र साँझ विद्युत् माग बढ्ने समयमा पुनः ग्रिडमा पठाउँछन्।

चीनले उपभोक्तालाई समेत विद्युत् प्रणालीको सक्रिय हिस्सा बनाउने प्रयास गरिरहेको छ। वुहानमा विद्युतीय सवारीसाधनबाट ग्रिडमा विद्युत् फर्काउने ‘भेहिकल–टु–ग्रिड’ (V2G) प्रणालीअन्तर्गत मूल्य परीक्षण भइरहेको छ। यसमा विद्युतीय सवारीसाधनले रातको सस्तो समयमा चार्ज गर्ने र विद्युत्को माग उच्च हुने समयमा आवश्यक परे ग्रिडमा विद्युत् आपूर्ति गर्ने व्यवस्था गरिन्छ।

यसले भविष्यको विद्युत् प्रणाली केवल ठूला विद्युत् आयोजनामा निर्भर नभई प्रसारण पूर्वाधार, ऊर्जा भण्डारण, विद्युतीय सवारीसाधन र उपभोक्ता व्यवहारलाई एउटै स्मार्ट प्रणालीमा जोड्ने दिशामा अघि बढिरहेको देखाउँछ।

चीनमा बढ्दो गर्मीसँगै वातानुकूलन तथा अन्य विद्युतीय उपकरणको प्रयोग बढ्दा विद्युत् मागमा तीव्र वृद्धि हुने गरेको छ। यस्तो अवस्थामा उत्पादन क्षमता मात्र विस्तार गर्नुको सट्टा कहिले, कहाँ र कसरी विद्युत् प्रयोग हुन्छ भन्ने व्यवस्थापनलाई समेत ग्रिड स्थायित्वको महत्वपूर्ण आधार बनाइएको छ।

2