udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

साउनमा हालसम्मकै उच्च ग्यास आयात तर अभाव झन् चर्कियो!

साउनमा हालसम्मकै उच्च ग्यास आयात तर अभाव झन् चर्कियो!
A A+ A-

काठमाडौं। खाना पकाउने एलपीजी ग्यासको आयात साउनमा हालसम्मकै उच्च भए पनि बजारमा अभाव कायमै छ । एक सिलिन्डरका लागि उपभोक्ता चर्को घाम र साउने झरीमा लामो लाइन बस्न बाध्य छन् ।

नेपाल आयल निगमका अनुसार साउनमा ५४ हजार ५ सय ५ टन ग्यास आयात भएको छ । यसबाट ३८ लाख ३८ हजार ४ सय १० सिलिन्डर भरेर बजार पठाइएको छ । सामान्य अवस्थामा देशभर मासिक करिब ३० लाख सिलिन्डर खपत हुन्छ ।

आयात सामान्यभन्दा बढी भए पनि आपूर्ति सहज नहुनुको मुख्य कारण असार ३१ देखि पूर्ण तौलको १४.२ किलो सिलिन्डर बिक्री सुरु गर्नु रहेको निगमका पूर्वकार्यकारी निर्देशक सुशील भट्टराईले बताए । उनका अनुसार अहिलेको माग सामान्य अवस्थासँग तुलना गर्न नमिल्ने गरी बढेको छ । मागअनुसार आयात र वितरण क्षमता बढाउन नसके आन्तरिक वितरण प्रणालीमा कडा नियमन आवश्यक पर्ने उनको भनाइ छ ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले पनि आयातभन्दा वितरण प्रणालीमा कमजोरी रहेको बताए । घरनजिकैका डिलरमार्फत ग्यास वितरणमा कडाइ गर्नुपर्ने उनको सुझाव छ ।

ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले वितरण प्रणाली भत्काएर सरकारी हस्तक्षेप बढाउँदा उपभोक्ताले सास्ती पाएको आरोप लगाए । देशभरका ६ हजारभन्दा बढी डिलरलाई विश्वास गरेर वितरण व्यवस्थित गर्नुपर्ने उनले बताए ।

निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार अभावको गुनासो बढेपछि काठमाडौंमा बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको हो । तर सोमबारदेखि नियमित रूपमा डिलरमार्फत मात्रै ग्यास वितरण गरिनेछ ।

ग्यास उद्योगले दैनिक बिक्री गर्ने डिलर, ठेगाना र सिलिन्डर संख्या बिहान ९ बजेसम्म निगममा बुझाउनुपर्नेछ । डिलरले पनि बिक्री परिमाण र उपभोक्ता विवरण उद्योगलाई दिनुपर्नेछ । जिल्ला प्रशासन, वाणिज्य आपूर्ति तथा उपभोक्ता विभाग र निगमको संयुक्त अनुगमनमा वितरण हुनेछ ।

यसअघि आइतबार काठमाडौं उपत्यकाका नौ स्थानबाट ९ हजार २ सय २६ सिलिन्डर बिक्री भएको थियो । निगमका अनुसार टेकुबाट २ हजार २ सय ५०, ठिमीबाट १ हजार ९ सय ४, बबरमहलबाट ३५, बालाजुस्थित नेपाल ग्यास उद्योगबाट १ हजार र जडीबुटीस्थित एसटिसी केन्द्रबाट ३ सय ८७ सिलिन्डर बिक्री भएको थियो । बाँकी सिलिन्डर अन्य बिक्री केन्द्रबाट वितरण गरिएको थियो ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action