udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कर्णालीमा जलाधार संरक्षणका लागि २७ करोड बजेट

कर्णालीमा जलाधार संरक्षणका लागि २७ करोड बजेट
A A+ A-

सुर्खेत। कर्णाली प्रदेश सरकारले पानीका मुहान संरक्षण र जलस्रोतको दिगो व्यवस्थापनलाई प्राथमिकता दिँदै चालु आर्थिक वर्षमा जलाधार संरक्षणका लागि २७ करोड १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

मुख्यमन्त्री तथा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मंगलबहादुर शाहीका अनुसार प्रदेशका सम्भावित जलाधार क्षेत्र पहिचान गरी गुरुयोजना निर्माणको काम अघि बढाइएको छ । मन्त्रालय मातहतका कार्यालयमार्फत योजना कार्यान्वयन गरिनेछ ।

प्रदेश सरकारले एकीकृत जलाधार व्यवस्थापन पद्धतिमार्फत भूक्षय नियन्त्रण, जमिनको उत्पादकत्व वृद्धि, पानीका स्रोत संरक्षण र प्राकृतिक पुनर्भरण संरचना निर्माणलाई प्राथमिकता दिएको छ । जलाधार क्षेत्रका माथिल्लो र तल्लो तटीय क्षेत्रबीचको सम्बन्धलाई आधार बनाएर पानीको दिगो व्यवस्थापन गर्ने योजना छ ।

विशेषगरी वीरेन्द्रनगर उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षणका लागि गुरुयोजना तयार गरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतले वीरेन्द्रनगरका वडा नम्बर १, ४, ५, ७ र १२ को माथिल्लो क्षेत्र समेटेर योजना बनाएको हो ।

वीरेन्द्रनगरमा पानी आपूर्ति गर्ने नेवारे, खोर्के, झुप्रा, खरी, बोरी, इत्राम, आँपडाँडी र सोलीघोप्टेलगायत खोलाका मुहान क्षेत्रलाई एकीकृत रूपमा संरक्षण गर्ने योजना छ । माथिल्लो तटीय क्षेत्रमा पानीका स्रोत संरक्षण गरी तल्लो क्षेत्रमा पानीको उपलब्धता सुनिश्चित गर्ने लक्ष्य प्रदेश सरकारको छ ।

गुरुयोजनाले पानी पुनर्भरण संरचना निर्माण, वन पुनरुत्पादन, वृक्षरोपण, नदी तथा खोला किनार संरक्षण, बाढी पहिरो नियन्त्रण र डुबान न्यूनीकरणलाई समेत समेटेको छ । आर्थिक वर्ष २०८२/८३ देखि गुरुयोजनाले पहिचान गरेका क्षेत्रमा कार्यक्रम कार्यान्वयन सुरु गरिएको छ ।

प्रदेश सरकारका अनुसार तीव्र सडक तथा भौतिक पूर्वाधार निर्माणका कारण मुहान सुक्ने र भूक्षय तथा प्रदूषण बढ्ने चुनौती देखिएको छ । कर्णालीका पहाडी भूभाग कमजोर भएकाले बाढी र पहिरोको जोखिमसमेत उच्च छ ।

विज्ञहरूले जलाधार संरक्षणलाई वातावरणीय विषय मात्र नभई खानेपानी, कृषि, ऊर्जा, पर्यटन र विपद् व्यवस्थापनसँग जोडिएको दीर्घकालीन आर्थिक मुद्दाका रूपमा लिनुपर्ने बताएका छन् । जलवायु परिवर्तनका कारण पानीका स्रोतमा थप दबाब बढिरहेका बेला मुहान, वन, सिमसार, तालतलैया र भूक्षय नियन्त्रणका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने उनीहरूको सुझाव छ ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action