काठमाडौं । नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष मदन दाहाललाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सम्पत्ति शुद्धीकरण तथा बीमा कसुरसम्बन्धी अभियोगमा मुद्दा खेपिरहेका दाहाललाई सोमबार विशेष अदालतका अध्यक्ष न्यायाधीश नारायणप्रसाद पौडेल तथा न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो।
दाहालविरुद्धको मुद्दामा सरकारी पक्षले ३ अर्ब ५० करोड ३० लाख ६३ हजार १९२ रुपैयाँ ५८ पैसा बिगो दाबी गरेको छ।
