udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

‘हिमाल पग्लिनुमा आरोही मात्रै दोषी छैनन्’

‘हिमाल पग्लिनुमा आरोही मात्रै दोषी छैनन्’
A A+ A-

सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पा सगरमाथा आरोहणका अनुभवी नाम हुन् । उनले हालसम्म ३१ पटक सगरमाथा आरोहण गरिसकेका छन् । कामीरिता शेर्पापछि सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने आरोहीका रूपमा चिनिने पासाङ दावाले सगरमाथासहित चोयु, ल्होत्से र मनास्लु गरी आठ हजार मिटरभन्दा अग्ला हिमालमा ४३ पटक पाइला राखिसकेका छन् ।

सन् १९९८ मा पहिलोपटक सगरमाथा आरोहण गर्दा चर्चित बेलायती साहसिक अभियन्ता एडवार्ड माइकल ‘बियर’ ग्रिल्सलाई गाइड गरेर शिखर पुर्‍याएका उनी अहिले पनि पर्वतारोहणमै सक्रिय छन् । २८ वर्षको आरोहण यात्रामा हिमालमा आएको परिवर्तन, आरोहणमा बढेको सुविधा, जलवायु परिवर्तन, फोहोर व्यवस्थापन, आरोहीको भीड, शेर्पाको रोजगारी र राज्यको भूमिकाबारे उनले कुम्भराज राईसँग गरेको कुराकानीको सम्पादित अंश :

तपाईंको हिमाल आरोहण यात्रा कसरी सुरु भयो ?

मैले १२–१३ वर्षको उमेरदेखि ट्रेकिङमा भरियाका रूपमा काम गर्न थालेको हुँ । त्यसपछि ‘किचेन ब्वाई’, कुक हुँदै माउन्टेन गाइडको भूमिकामा पुगेँ । सन् १९९८ मा पहिलोपटक चर्चित बेलायती साहसिक अभियन्ता बियर ग्रिल्सलाई गाइड गरेर सगरमाथाको शिखरमा पुगेँ ।

त्यो आरोहण निकै कठिन थियो । अहिले जस्तो आरोहणको सुरुमै साउथ कोलभन्दा माथिसम्म डोरी टाँग्ने चलन थिएन । हामी दुईपटकको प्रयासमा शिखर पुगेका थियौँ । पहिलोपटक साउथ समिटबाट फर्किनुपरेको थियो ।

त्यतिबेला कस्तो जोखिम थियो ?

त्यतिबेला विभिन्न आरोहण दलका शेर्पाले थोरैथोरै डोरी टाँग्दै बाटो बनाउनु पथ्र्यो । हाम्रो टोलीको डोरी साउथ समिटमा पुगेपछि सकियो । त्यसपछि हिलारी स्टेप पार गर्न गाह्रो भयो । साउथ समिट नजिकै हामी झण्डै सय मिटर चिप्लिएका थियौँ । त्यसपछि आधारशिविर फर्किएर एक हप्ता बसेपछि दोस्रो प्रयासमा शिखर पुगेका हौँ ।

त्यतिबेला बियर ग्रिल्स अहिले जस्तो चर्चित थिएनन् । उनी सामान्य आरोहीका रूपमा आएका थिए ।

यस वर्ष एकै सिजनमा दुईपटक सगरमाथा चढ्नुभयो । त्यो यात्रा कस्तो रह्यो ?

यसपटक एउटा अमेरिकी कम्पनी र नेपालको ‘ट्रेक नेपाल’बीचको सहकार्यमा सञ्चालित आरोहण दलमा आबद्ध भएर १८ मेमा पहिलोपटक शिखर पुगेँ । १९ मेको बिहान आधारशिविर फर्किएँ । एक दिन आराम गरेर २० मेमा फेरि शिखरतर्फ लागेँ र २२ मेमा दोस्रोपटक शिखर पुगेँ ।

दोस्रोपटक भने कुनै विदेशी आरोहीलाई साथमा लगिनँ । एक्लै गएको थिएँ ।

 

२८ वर्षको आरोहण यात्रामा सगरमाथामा कस्तो परिवर्तन देख्नुभयो ?

परिवर्तन धेरै भएका छन् । पहिले किचेन टेन्ट नै अहिले जस्तो थिएन । हामी आइसमाथि वरपरका ढुंगा बटुलेर गाह्रो लगाउँथ्यौँ र गोठजस्तो बनाएर किचेन चलाउँथ्यौँ । अहिले किचेनदेखि डाइनिङसम्म सबै व्यवस्थित र सुविधायुक्त भएका छन् । कार्पेटसम्म ओछ्याइएको हुन्छ ।

त्यसो भए सगरमाथा आरोहण साहसिकभन्दा सुविधायुक्त बन्दै गएको हो ?

एडभेन्चर घटेको भन्दा पनि लक्जरी बढेको भन्नुपर्छ । खासमा कसले बढी सुविधा दिने भन्ने प्रतिस्पर्धा बढेको हो । एउटा कम्पनीले राम्रो सुविधा दिएपछि अर्कोले अझ राम्रो सुविधा दिने चलन सुरु भएको छ ।

यो सुविधा आरोहीले मागेका हुन् कि कम्पनीहरूले आफैं बढाएका हुन् ?

दुवै हो । विदेशी आरोहीले सुविधा खोज्छन् र त्यसअनुसार पैसा पनि तिर्छन् । त्यसपछि कम्पनीले पनि त्यहीअनुसार सुविधा दिनैपर्छ ।

हिमालमा हिउँ पग्लिने क्रमलाई तपाईंले कसरी हेर्नुभएको छ ?

खुम्बु आइसफलको कुरा गर्दा धेरै हिउँ पर्दा आइस धेरै देखिन्छ र हिउँ कम पर्दा पग्लिएर घटेको जस्तो देखिन्छ । यो भइरहने कुरा हो ।

पहिलेको तुलनामा कतिपय ठाउँमा पग्लिन थालेको हो जस्तो पनि लाग्छ । तर मेरो अनुभवमा त्यति धेरै हिउँ पग्लिएर ठूलै परिवर्तन भएको जस्तो लागेको छैन ।

त्यसो भए हिमालको मौसम बदलिएको हो कि आरोहीको व्यवहार ?

सन् २००० आसपाससम्म सगरमाथाको मौसम पूर्वानुमान अहिले जस्तो भरपर्दो थिएन । आरोहीले जुनसुकै बेला जोखिम मोल्नुपथ्र्यो । अहिले त्यस्तो छैन । मौसमको रिपोर्ट हेरेर आरोहीले आराम गर्न पाउँछन् ।

कतिपय विदेशी आरोही त आराम गर्न काठमाडौंसम्म आउँछन् । जुन दिन मौसम राम्रो हुने पूर्वानुमान हुन्छ, त्यसैअनुसार आरोहणका लागि माथि जान्छन् । अहिले हिमाल वा हिमालको मौसम परिवर्तन भएकोभन्दा पनि प्रविधिको विकाससँगै मौसम पूर्वानुमान भरपर्दो भएकाले आरोहीको व्यवहारमा परिवर्तन आएको हो ।

आधारशिविरभन्दा माथि नै इन्टरनेट चल्न थालेको छ । कहाँ, कतिखेर के भइरहेको छ भन्ने जानकारी लिन अहिले धेरै सजिलो भएको छ ।

 

दोस्रोपटक भने कुनै विदेशी आरोहीलाई साथमा लगिनँ । एक्लै गएको थिएँ ।दोस्रोपटक भने कुनै विदेशी आरोहीलाई साथमा लगिनँ । एक्लै गएको थिएँ ।

 

कुनै आरोहीको उद्धार गर्नुपरेको अनुभव छ ?

एकपटक एक जना हङ्गेरियन आरोही बिना अक्सिजन सगरमाथा चढ्ने भनेर गएका थिए । साउथ समिटतिर पुगेपछि उनलाई निकै गाह्रो भयो । त्यसपछि हामीले उनलाई बाँधेर घिस्याउँदै क्याम्प टु सम्म ल्याएका थियौँ । उनको जीवन त बच्यो, तर हामीलाई निकै गाह्रो भएको थियो ।

यस वर्ष सगरमाथामा भीड बढेको चर्चा भयो । तपाईंलाई पनि त्यस्तै लाग्यो ?

भीड बढेकै हो । खुम्बु आइसफलको बाटो खुल्न ढिलो हुँदा बाटोमा झन् धेरै भीड देखियो । तर यसपटकको आरोहणलाई समग्रमा हेर्दा तुलनात्मक रूपमा खासै दुर्घटना भएनन् । त्यसैले यसलाई निकै सफल र सुरक्षित आरोहण वर्षका रूपमा लिन सकिन्छ ।

तपाईं विश्व कीर्तिमानको प्रतिस्पर्धामा हुनुहुन्छ ?

त्यस्तो प्रतिस्पर्धा होइन । यसपटकको ३१औँ आरोहणबाहेक मैले गरेका सबै आरोहण अरू आरोहीलाई गाइड गरेर गरेको हुँ । यस वर्षको अन्तिम आरोहण भने मेरो कम्पनीको सहयोग र विदेशी साथीहरूको अनुरोधमा पहिलोपटक कुनै आरोहीबिना एक्लै गरेको हुँ ।

सगरमाथामा प्लास्टिकजन्य फोहोर बढेको भन्ने बहस छ । तपाईंको अनुभव के छ ?

पहिलेभन्दा अहिले फोहोर धेरै घटेको छ । पहिले साउथ कोलमै अक्सिजनका सिलिन्डर छरपस्ट देखिन्थे । पालहरू पनि त्यत्तिकै देखिन्थे । अहिले पालहरू अलिअलि देखिए पनि अक्सिजनका सिलिन्डर त एउटा पनि देखिँदैन । धेरै सफा गरिएको छ ।

हिमालमा यस्ता सामग्री बढ्यो भनेर भन्न सजिलो छ, तर त्यहाँ गएर सफा गर्नु धेरै गाह्रो काम हो । बरफले पाल थिचेपछि निकाल्नै सकिँदैन । सिसाले थिचेजस्तो भइसकेको हुन्छ । तान्दा टुक्रा मात्रै आउँछ ।

अहिले पहिले जस्तो बाटोमा लासहरू पनि खासै देखिँदैनन् । यस वर्ष हिलारी स्टेपनजिकै एक जना भारतीय आरोहीको शव छ, त्यत्ति हो ।

हिमालमा जलवायु परिवर्तनको असर बढ्नुमा आरोहीका गतिविधि मुख्य कारण हुन् कि अन्य प्रदूषणजन्य गतिविधि ?

मलाई त थोरै संख्यामा रहेका आरोहीले हिमालमा गर्ने गतिविधिभन्दा अन्य प्रदूषणजन्य गतिविधि नै मुख्य कारण होला जस्तो लाग्छ ।

उदाहरणकै रूपमा काठमाडौंलाई हेर्नुस् । सगरमाथामा हुने प्रदूषणभन्दा यहाँ काठमाडौंमा कति धेरै प्रदूषण हुन्छ । यहाँ हुने गतिविधिले पनि हिमालमा असर पारिरहेको हुन्छ ।

तपाईंलाई कहिलेकाहीँ सगरमाथालाई केही वर्ष आराम दिन पाए हुन्थ्यो भन्ने लाग्दैन ?

व्यक्तिगत रूपमा सोच्दा दुई–तीन वर्ष आराम दिन पाए हुन्थ्यो जस्तो लाग्छ । तर विदेशीहरू पनि मान्दैनन् । अर्को कुरा आरोहणसँग जोडिएको रोजगारी हो ।

राज्यले गर्ने आम्दानीदेखि ट्याक्सी चालक, होटल व्यवसायी, भरिया र आरोहणसँग जोडिएका सबैलाई आर्थिक असर पर्छ । त्यसैले सगरमाथालाई आराम दिन पनि गाह्रो छ ।

राज्यले शेर्पाहरूको योगदानलाई कत्तिको सम्मान गरेको महसुस गर्नुभएको छ ?

अलिअलि त गरेको होला । तर महसुस हुने गरी गरेको मलाई थाहा छैन । यस वर्ष पर्यटन बोर्डले मलाई केही नगदसहित सम्मान गरेको थियो । यो पनि सबैले पाउने कुरा होइन ।

पहिलो पुस्ताका शेर्पाहरूले जीविकाका लागि हिमालमा भारी बोक्थे । तपाईंहरूको पुस्तामा अवस्था कति बदलिएको छ ?

खासै अन्तर छैन । अहिले पनि हामी धेरैजसो शेर्पाहरू जीविकाकै लागि हिमालमा काम गरिरहेका छौँ ।

हिमालमा काम गरेर हुने आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट नै भनौँ । रोजगारीका लागि अरू पेसा छैन ।

तपाईंको अर्को पुस्ता पनि आरोहणमा आउँदै छ ?

मेरो छोराको कुरा गर्ने हो भने ऊ आउँदैन । खुम्बु क्षेत्रमा हिमालमा काम गर्ने धेरै शेर्पाका अर्को पुस्ता पनि यो पेसामा आउने सम्भावना घटेको छ ।

तर संखुवासभाको मकालु क्षेत्र र सोलुखुम्बुकै अन्य ठाउँका शेर्पाहरूका नयाँ पुस्ता यस क्षेत्रमा आइरहेका छन् । राई, गुरुङलगायत अन्य समुदायको उपस्थिति पनि पर्वतारोहणमा बढिरहेको छ ।

तपाईंका लागि हिमाल के हो ? सगरमाथाको शिखरमा पुग्दा कस्तो अनुभूति हुन्छ ?

पहिलो र दोस्रोपटक शिखरमा पुग्दा खुसी लाग्थ्यो । आफूले गाइड गरेर लगेको आरोहीलाई शिखरसम्म पुर्‍याउन पाउँदा झन् खुसी लाग्थ्यो ।

तर पछिपछि शिखर पुगेपछि आफूले अरू कुरा सोच्ने ध्यान नै हुँदैन । आफूले लगेको आरोहीलाई कसरी सुरक्षित रूपमा फर्काउने भन्ने चिन्ता मात्रै हुन्छ ।

प्राविधिक रूपमा सगरमाथाभन्दा कठिन मानिने आमादब्लम पनि धेरैपटक चढ्नुभएको छ ?

मैले आमादब्लम सन् १९९५ देखि चढ्न थालेको हुँ । एउटा सिजनमा दुई–तीनपटकसम्म पनि चढेको छु । तर गनेर राखिनँ । त्यसैले ठ्याक्कै कतिपटक चढेँ भन्ने थाहा छैन । मेरो विचारमा ५० पटकभन्दा बढी नै भयो ।

अब कहिलेसम्म हिमाल आरोहणलाई निरन्तरता दिने योजना छ ?

ज्यानले साथ दिएसम्म । यति नै वर्ष भनेर भन्न सक्दिनँ । ज्यानले साथ दिए अझै पाँच–छ वर्ष होला, नभए दुई–तीन वर्षसम्म होला । ठ्याक्कै भन्न सकिन्न ।

भनेपछि सगरमाथा आरोहण अझै जारी रहन्छ ?

त्यो सिजन लागेपछि थाहा हुन्छ । आफूले गाइड गर्ने आरोही शिखरसम्म पुग्ने अवस्था आयो र आफू पनि सक्षम भएँ भने निरन्तरता नपाउने कुरा भएन । बीचमा कुनै परिस्थिति आयो भने चाहिँ भन्न सकिँदैन ।

परिवारले हिमाल नचढ्न दबाब दिँदैन ?

भन्छन् । तर आफ्नो काम नै त्यही भएकाले होला । सिजन सुरु भएपछि सबै साथी झोला बोकेर हिँडेको देखेपछि आफूलाई पनि सकसक लाग्छ र हिँडिहालिन्छ ।

हिमालमै जन्मिनुभयो, हिमालमै काम गर्नुभयो । हिमालबाहिरको जीवनबारे सोच्नुभएको छ ?

वसन्त ऋतु आएपछि हिमाल चढ्नेबाहेक अरू कुरा सोच्नै सक्दिनँ । त्यसबाहेकको समयमा खेतीपाती गर्छु । मेरी श्रीमतीको दिङ्बोचेमा सानो व्यवसाय पनि छ । त्यहाँ पनि समय बिताउँछु । अरू खासै केही सोचेको छैन ।

विदेश जाँदाको कुनै अविस्मरणीय अनुभव छ ?

सन् २०२२ मा मैले सगरमाथा चढाएका एक जना बेलायती आरोहीले मलाई बेलायत बोलाउनुभएको थियो । त्यहाँ ‘केन्डल माउन्टेन फेस्टिभल’ भन्ने ठूलो कार्यक्रम रहेछ । प्रसिद्ध आरोहीहरू पनि भेटिए । बियर ग्रिल्सलाई पनि भेटेँ ।

त्यहाँको एउटा सैनिक शिविरमा पनि बोलाएर ठूलो सम्मानसहित स्वागत गरेका थिए । करिब एक महिना विभिन्न ठाउँ घुमेर फर्किएँ ।

अन्त्यमा, राज्यले तपाईं जस्ता हिमालमा काम गर्ने शेर्पाका लागि के गरिदिनुपर्छ ?

सकेसम्म हिमालमा काम गर्ने शेर्पा र उनीहरूका परिवारको सामाजिक सुरक्षाका लागि राज्यले स्थायी व्यवस्था गरिदिए हुन्थ्यो ।

धेरै साथीहरूले यस विषयमा बोलिसकेका छन् । अहिलेसम्म त केही भएको छैन । अब भइदिए हुन्थ्यो भन्ने लाग्छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action