Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेपालमा हरित हाइड्रोजनको सम्भावनाबारे अनुसन्धानमूलक पुस्तक सार्वजनिक

नेपालमा हरित हाइड्रोजनको सम्भावनाबारे अनुसन्धानमूलक पुस्तक सार्वजनिक
अ+ अ-

काठमाडौं। नेपालको ऊर्जा रूपान्तरण, औद्योगिकीकरण तथा दिगो आर्थिक विकासमा हरित हाइड्रोजनको सम्भावना र त्यसका लागि आवश्यक रणनीतिक मार्गबारे अध्ययन गरिएको अनुसन्धानमूलक पुस्तक सार्वजनिक भएको छ।

काठमाडौं विश्वविद्यालयमा गरिएको अनुसन्धान तथा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय सहकार्यमा तयार पारिएको ‘नेपालमा हरित हाइड्रोजन : गहिरो कार्बन उत्सर्जन न्यूनीकरण र औद्योगिक रूपान्तरणका रणनीतिक मार्ग’ नामक पुस्तक सार्वजनिक गरिएको हो।

पुस्तकको संयुक्त रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. भोला थापा, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. विवेक बराल र प्रा. डा. भूपेन्द्र विमल क्षेत्रीले विमोचन गरेका थिए।

पुस्तकका लेखक काठमाडौं विश्वविद्यालयको यान्त्रिक इन्जिनियरिङ विभागका सहप्राध्यापक तथा हरित हाइड्रोजन प्रयोगशालाका प्रमुख डा. विराज सिंह थापा हुन्। उनी विगत दुई दशकदेखि नवीकरणीय ऊर्जा, जलविद्युत्, हरित हाइड्रोजन तथा उद्योगको कार्बन उत्सर्जन न्यूनीकरणका क्षेत्रमा अनुसन्धान, प्रविधि विकास र नीतिगत अध्ययनमा सक्रिय छन्।

हरित हाइड्रोजन प्रयोगशालाका अनुसन्धानकर्ता, विद्यार्थी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय साझेदारको सहकार्यमा तयार गरिएको पुस्तकमा नेपालमा हरित हाइड्रोजनको उत्पादन, भण्डारण, ढुवानी र औद्योगिक प्रयोगको सम्भावनाबारे विस्तृत अध्ययन गरिएको छ।

नेपालमा उपलब्ध प्रचुर जलविद्युत् स्रोतको उपयोग गरी हरित हाइड्रोजन उत्पादन गर्ने, आयातित जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने तथा स्वच्छ ऊर्जामा आधारित औद्योगिकीकरणलाई गति दिने उपायसमेत पुस्तकमा प्रस्तुत गरिएको छ।

नेपालले हरित हाइड्रोजनसम्बन्धी नीति निर्माण, कर तथा अन्य प्रोत्साहनका व्यवस्था अघि बढाइरहेको र २.५ मेगावाट क्षमताको व्यावसायिक परीक्षण परियोजनातर्फ समेत अघि बढिरहेको अवस्थामा पुस्तकलाई नीति निर्माता, अनुसन्धानकर्ता, ऊर्जा विज्ञ तथा निजी क्षेत्रका लागि उपयोगी सन्दर्भ सामग्रीका रूपमा लिइएको छ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयले नवीकरणीय ऊर्जा तथा हरित हाइड्रोजनका क्षेत्रमा अनुसन्धान, नवप्रवर्तन र ज्ञान सिर्जनालाई थप विस्तार तथा सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

2