Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

१४ वर्षदेखि बन्द बुटवल धागो कारखाना फेरि चलाउने तयारी

१४ वर्षदेखि बन्द बुटवल धागो कारखाना फेरि चलाउने तयारी
A A+ A-

बुटवल। लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालनका लागि सरकारले प्रक्रिया अघि बढाएपछि उद्योगी–व्यवसायीमा आशा पलाएको छ । तर आवश्यक लगानी, आधुनिक प्रविधि, व्यवस्थापन र बजारको स्पष्ट खाका नबनाई पुनः अध्ययनमै सीमित नराख्न उनीहरूले सरकारलाई आग्रह गरेका छन् ।

सरकारको निर्णयअनुसार अर्थ मन्त्रालयबाट खटिएको पाँच सदस्यीय विज्ञ टोलीले कारखानाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गरिरहेको छ । दुई इन्जिनियर, दुई चार्टर्ड अकाउन्टेन्ट र एक कानुनविज्ञ रहेको टोलीले असार ५ गतेदेखि स्थलगत अध्ययन सुरु गरेको हो ।

टोलीले कारखानाको भवन, मेसिनरी, उत्पादन पूर्वाधार, दायित्व, बजार सम्भावना र पुनः सञ्चालनका लागि आवश्यक लगानीबारे अध्ययन गरिरहेको छ । कारखानाले पनि सार्वजनिक सूचना जारी गर्दै अदालत वा अन्य निकायबाट लिनदिन बाँकी रकम तथा अन्य दाबी भए २१ दिनभित्र पेस गर्न आग्रह गरेको छ ।

कारखानाका निमित्त प्रमुख डोलराज शर्माका अनुसार मेसिन सञ्चालनको अवस्था, आवश्यक मर्मत खर्च र बजार सम्भावनाबारे उद्योगी तथा भारतीय प्राविधिकले समेत छुट्टै अध्ययन गरिरहेका छन् । पछिल्लो समय विभिन्न क्षेत्रका उद्योगी तथा प्राविधिकले कारखानाको अवस्थाबारे चासो देखाएको उहाँले बताउनुभयो ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले अध्ययनपछि सरकारले पुनः सञ्चालनको स्पष्ट मोडालिटी सार्वजनिक गर्नुपर्ने बताउनुभयो । नयाँ प्रविधि र बजारको अवस्था नबुझी सरकारी अनुदानमा मात्र उद्योग चलाउन खोजे विगतकै समस्या दोहोरिन सक्ने उहाँको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका महासचिव शिव ज्ञवालीले सार्वजनिक–निजी साझेदारीमा कारखाना सञ्चालन गर्न सकिने बताउनुभयो । राजनीतिक हस्तक्षेपमुक्त दक्ष व्यवस्थापन र स्पष्ट कार्यसम्पादन लक्ष्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

पूर्वअध्यक्ष तथा स्थानीय सेयरधनी जीवनप्रसाद ओझाले कारखानाको भौतिक पूर्वाधार अझै उपयोग गर्न सकिने अवस्थामा रहेको बताउनुभयो । बुटवल धागो कारखाना, बाँकेको कपास उद्योग र हेटौँडा कपडा उद्योगलाई एउटै उत्पादन शृङ्खलामा जोड्न सके स्वदेशी कपडा उत्पादन विस्तार गर्न सकिने उहाँको भनाइ छ ।

२०३९ सालमा निर्माण सुरु भएको कारखानाले २०४८ सालदेखि व्यावसायिक उत्पादन थालेको थियो । व्यवस्थापकीय कमजोरी, राजनीतिक हस्तक्षेप र कर्मचारी विवादलगायत कारण २०६४ सालदेखि बन्द रहेको कारखाना १४४ रोपनी क्षेत्रफलमा फैलिएको छ । २०६६ सालमा कर्मचारीलाई बिदाइ गरेपछि पूर्ण रूपमा निष्क्रिय बनेको उद्योगमा अहिले तीन कर्मचारी र दुई सुरक्षाकर्मी मात्र छन् ।

अब सरकारले गर्ने निर्णयले बुटवल धागो कारखाना पुनः सञ्चालनमा आउने हो वा अर्को निष्क्रिय सरकारी सम्पत्तिका रूपमा रहने हो भन्ने टुङ्गो लगाउनेछ ।

उद्योगी–व्यवसायीले भने यसपटक अध्ययनसँगै लगानी, व्यवस्थापन, प्रविधि र बजारको स्पष्ट योजना बनाएर मात्र अघि बढ्न सरकारलाई दबाब दिएका छन् ।

2