Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भारतीय गुणस्तर चिह्नको झन्झटले घट्यो नेपाली सिमेन्ट निर्यात

भारतीय गुणस्तर चिह्नको झन्झटले घट्यो नेपाली सिमेन्ट निर्यात
फाइल फोटो
अ+ अ-

काठमाडौँ। भारतीय गुणस्तर चिह्न (बिआइएस) लिन तथा नवीकरण गर्न लाग्ने झन्झिलो प्रक्रियाले नेपाली सिमेन्टको भारत निर्यात प्रभावित भएको छ । सरकारले सिमेन्ट निर्यातलाई प्राथमिकतामा राखे पनि पछिल्ला दुई वर्षमा निर्यात घटेको छ ।

भारतले नेपालको गुणस्तर चिह्न (एनएस)लाई मान्यता नदिने भएकाले नेपाली सिमेन्टले बिआइएस लिनुपर्छ । तर बिआइएस हरेक वर्ष नवीकरण गर्नुपर्ने र प्रक्रियामा तीन महिनासम्म लाग्ने हुँदा उक्त अवधिमा निर्यात रोकिने गरेको उद्योगीको भनाइ छ ।

नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालका अनुसार तानसेन सिमेन्टको बिआइएस नवीकरणमा करिब दुई महिना लाग्दा निर्यात प्रभावित भएको थियो । नेपालले बिआइएसको प्रक्रिया सहज बनाउन भारतसँग पटक–पटक आग्रह गरे पनि समस्या समाधान हुन नसकेको उहाँले बताउनुभयो ।

भन्सार विभागका अनुसार आव २०८०/८१ मा सिमेन्ट तथा क्लिंकरको निर्यात ३ अर्ब ८५ करोड २८ लाख रुपैयाँ पुगेकोमा आव २०८१/८२ मा घटेर २ अर्ब ९१ करोड ७४ लाख र आव २०८२/८३ मा २ अर्ब ८३ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ ।

आव २०८२/८३ मा ५ लाख ६१ हजार ११२ टन क्लिंकर ७९ करोड ७९ लाख २६ हजार रुपैयाँ तथा ९ लाख २३ हजार ३७६ टन सिमेन्ट २ अर्ब ३ करोड ६१ लाख २९ हजार रुपैयाँ बराबरमा निर्यात भएको छ ।

नेपालमा व्यावसायिक सिमेन्ट निर्यात आव २०७८/७९ बाट सुरु भएको थियो । आव २०७९/८० मा ७७ करोड ९३ लाख रुपैयाँको निर्यात भएको थियो भने आव २०८०/८१ मा ३ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी पुगेको थियो ।

अग्रवालका अनुसार नेपाल र भारतको गुणस्तर मापदण्ड फरक हुँदा पनि लागत बढेको छ । भारतको मापदण्डअनुसार छुट्टै उत्पादन गर्नुपर्ने भएकाले निर्यात थप महँगो हुने उहाँको भनाइ छ ।

नेपालबाट सर्वोत्तम, अर्घाखाँची र तानसेनलगायत उद्योगले भारतमा सिमेन्ट निर्यात गर्दै आएका छन् । उद्योगीका अनुसार बिआइएस लिन र नवीकरण गर्न सहज भए थप नेपाली उद्योगसमेत निर्यातमा आउन सक्छन् ।

2