काठमाडौं- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की पुनः नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।
कार्की यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। सरकारले अध्यादेशमार्फत पदमुक्त गरेपछि उनले पुनः कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका थिए। पुनः आवेदन दिएका कार्कीलाई मन्त्रिपरिषद्ले नियुक्त गरेसँगै उनले कोषको नेतृत्वमा निरन्तरता पाएका छन्।
