काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वअध्यक्ष आशिष श्रेष्ठलाई विशेष अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र उमेश कोइरालाको इजलासले बिहीबार श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
श्रेष्ठसहितका प्रतिवादीविरुद्ध गत जेठ २८ गते सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको थियो। श्रेष्ठले भदौ ४ गते अदालतमा उपस्थित हुन निवेदन दिएका थिए।
सोही निवेदनमाथि भएको थुनछेक बहसपछि इजलासले श्रेष्ठलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
