Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

प्रधानमन्त्री कार्यालयसहित सरकारी वेबसाइट एकैपटक डाउन

प्रधानमन्त्री कार्यालयसहित सरकारी वेबसाइट एकैपटक डाउन
A A+ A-

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अधिकांश सरकारी निकायका वेबसाइट बिहीबार रातिदेखि एकैपटक अवरुद्ध भएका छन् ।

महत्वपूर्ण सरकारी सूचना तथा सेवा प्रवाहका लागि प्रयोग हुने वेबसाइटहरू एकैपटक पहुँचबाहिर आएपछि यसको कारणबारे चासो बढेको छ ।

विशेषगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटसमेत अवरुद्ध भएपछि सरकारी डिजिटल पूर्वाधारको सुरक्षा र विश्वसनीयतामाथि प्रश्न उठेको छ । यद्यपि, वेबसाइटहरू एकैपटक डाउन हुनुको कारणबारे सरकारले अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।

प्राविधिक समस्या, सर्भरमा आएको गडबडी वा साइबर सुरक्षासँग सम्बन्धित घटनाका कारण वेबसाइटहरू अवरुद्ध भएका हुन् भन्ने विषयमा समेत यकिन जानकारी सार्वजनिक भएको छैन ।

वेबसाइटहरू पुनः सञ्चालनमा ल्याउन सरकारी प्राविधिक टोलीले काम गरिरहेको जनाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट हाल पुनः पहुँचयोग्य देखिए पनि अन्य सरकारी निकायका वेबसाइटको अवस्था भने निगरानीमा राखिएको बताइएको छ ।

सरकारी वेबसाइटमा नागरिकका व्यक्तिगत विवरण, प्रशासनिक सूचना तथा विभिन्न संवेदनशील सामग्री रहने भएकाले लामो समयसम्म वेबसाइट अवरुद्ध हुँदा सरकारी सेवा प्रवाह प्रभावित हुनसक्ने जोखिम हुन्छ ।

साथै, एकैपटक ठूलो संख्यामा सरकारी वेबसाइट अवरुद्ध हुनुले सरकारी डिजिटल पूर्वाधारको सुरक्षा, प्रणालीगत कमजोरी र साइबर जोखिमबारे समेत गम्भीर प्रश्न उठाएको छ ।

2