Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

भेरी पम्पिङ खानेपानी आयोजनाको ठेक्का रद्द

भेरी पम्पिङ खानेपानी आयोजनाको ठेक्का रद्द
A A+ A-

सुर्खेत। संघ, प्रदेश र स्थानीय तहको लागत साझेदारीमा निर्माण भइरहेको भेरी पम्पिङ खानेपानी आयोजनाको प्याकेज–२ को खरिद प्रक्रिया रद्द भएको छ ।

विश्व बैंकले ई–जीपी प्रणालीको विश्वसनीयता र सुरक्षामाथि प्रश्न उठाउँदै प्रक्रिया रद्द गरी पुनः बोलपत्र आह्वान गर्न नेपाल सरकारलाई सिफारिस गरेको हो । बैंकले आयोजनाको बोलपत्रमा प्रत्यक्ष अनियमितता भएको भने जनाएको छैन ।

प्याकेज–२ अन्तर्गत वीरेन्द्रनगरका घरधुरीमा पाइप सञ्जाल विस्तार, धारा जडान तथा आयोजना सञ्चालन प्रणाली निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरिएको थियो । बोलपत्र मूल्यांकन भइरहेका बेला सरकारी ई–जीपी प्रणालीको सुरक्षामाथि प्रश्न उठेपछि बैंकले नयाँ प्रक्रिया अघि बढाउन सुझाव दिएको हो ।

विश्व बैंकले ७ अगस्ट २०२६ मा अर्थ मन्त्रालयलाई पठाएको पत्रमा ई–जीपी प्रणालीको समस्याले खरिद प्रक्रियाको पारदर्शिता, निष्पक्षता र प्रतिस्पर्धात्मक निष्ठामा असर पर्न सक्ने उल्लेख गरेको छ । नयाँ प्रक्रियामा विद्युतीय माध्यमको सट्टा हार्डकपीबाट बोलपत्र बुझाउने व्यवस्था गरिनेछ ।

यसअघि सीआईबीले ई–जीपी प्रणालीमा अनधिकृत प्रवेश गरी ठेक्काका विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायी तथा राप्रपा नेता विक्रम पाण्डेसहितका व्यक्तिलाई पक्राउ गरेको थियो ।

विश्व बैंकले पुनः बोलपत्र गर्दा केही ढिलाइ भए पनि आयोजना अवधि थप गर्न सहयोग गर्ने जनाएको छ । बोलपत्रको म्याद १७ अगस्टमै सकिएकाले प्रक्रिया तत्काल अघि बढाउन बैंकले आग्रह गरेको छ ।

करिब ४० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले भेरी नदीबाट प्रतिसेकेन्ड ५६० लिटर पानी लिफ्ट गरी वीरेन्द्रनगरका घरधुरीमा पुर्‍याउने लक्ष्य राखेको छ । आयोजनामा संघको ८०, प्रदेशको १३ र वीरेन्द्रनगर नगरपालिकाको ७ प्रतिशत लागत साझेदारी छ ।

आयोजना इकाइ प्रमुख रवीन्द्र रायका अनुसार नयाँ खरिद प्रक्रिया ६–७ महिनाभित्र टुंग्याउने लक्ष्यसहित प्रक्रिया सुरु भइसकेको छ ।

2