Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

इमरान खान अदियाला जेलमा फिर्ता

इमरान खान अदियाला जेलमा फिर्ता
A A+ A-

पाकिस्तान । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका लागि इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पताल लगिएको केही समयपछि शुक्रबार रावलपिन्डीस्थित अदियाला जेलमा फिर्ता गरिएको छ।

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक खानलाई स्वास्थ्यको विस्तृत मूल्याङ्कनका लागि निजी अस्पतालमा परीक्षण गराउन अदालतले संघीय सरकारलाई निर्देशन दिएको थियो। अदालतले उनलाई दुई दिनभित्र निजी अस्पतालमा सारेर आवश्यक परीक्षण गराउन आदेश दिएको थियो।

स्थानीय सञ्चारमाध्यम डनका अनुसार खानलाई अधिकतम सुरक्षा व्यवस्थाबीच अस्पताल लगिएको र परीक्षणपछि जेल फिर्ता गरिएको हो । उनको आवागमनका क्रममा अस्पताल वरिपरि उच्च सुरक्षा घेरा बनाइएको थियो। पित्रास बुखारी रोड र सर्भिस रोड साउथ बिहीबार रातिदेखि सर्वसाधारणका लागि बन्द गरिएको थियो।

इस्लामाबाद राजधानी क्षेत्र प्रहरी, नगर प्रशासन र पाकिस्तान रेन्जर्ससहित आठ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो। राजधानी प्रहरी र जेल अधिकारी सम्मिलित टोलीले खानको अस्पताल आवागमन तथा सुरक्षाको व्यवस्थापन गरेको थियो।

खान सन् २०२३ देखि जेलमा छन्। तोशाखाना मुद्दासँग सम्बन्धित १४ वर्षको सजाय भोगिरहेका उनमा रक्तचापमा उतारचढाव देखिएपछि स्वास्थ्य परीक्षण गराइएको हो। हालैका जेल मेडिकल अभिलेखमा पनि स्वास्थ्यसम्बन्धी लक्षण उल्लेख गरिएको थियो।

सर्वोच्च अदालतले तोकेको स्वास्थ्य परीक्षणअन्तर्गत आवश्यक जाँच र प्रारम्भिक चिकित्सकीय परीक्षण पूरा भएपछि उनलाई शुक्रबार बिहान अदियाला जेल फिर्ता लगिएको अधिकारीहरूले बताएका छन्।

2