Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित
अ+ अ-

काभ्रेपलाञ्चोक । ११ वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण पूरा हुन सकेको छैन। आयोजना विसं २०७२ असार महिनामा सम्झौता भई विसं २०७८ मंसिरमा सक्ने लक्ष्य थियो।

६ बर्षमा काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई घरघरमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य राखिए पनि विविध कारणले हालसम्म निर्माण पूरा हुन नसक्दा स्थानीयवासी निरास भएका छन्।

उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजित लामाले लिफ्टिङ प्रविधिको उक्त आयोजना बजेट अभावका कारण पूरा हुन नसकेको बताए। तोकिएको मितिमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण आयोजनाको काम लम्बिँदै गएको हो।

“ठकेदार कम्पनीले पनि भुक्तानी नपाएको भन्दै गत वर्ष आयोजनाको काम गरेन”, लामाले भने। तेमाल बृहत् खानेपानी आयोजनाको काम ‘कालिका–सिएबी जेभी’ नामक निर्माण कम्पनीले ठेक्का लिएको थियो। खानेपानी मन्त्रालयबाट गत आर्थिक वर्षमा करिब पाँच करोड रुपैंयाँ भुक्तानी नपाएको जनाउँदै कम्पनीले निर्माणको काममा आलटाल गरेको लामाको भनाइ छ।

उनका अनुसार भुक्तानी नपाएपछि आयोजनाका जिम्मेवार व्यक्तिले काम सम्पन्न गर्ने कुरामा आलटाल गर्दा समय लम्बिएको हो। तेमालको वडा नं ५, २ र ९ मा सडकलगायत भौतिक पूर्वाधार निर्माण गर्दा क्षति पुगेको छ भने मुख्य मुहान क्षेत्रमा पानीको स्रोत संरक्षणको काम भइरहेको छ।

विसं २०८१ असोजको बाढी–पहिरोले आयोजनालाई क्षति पुर्‍याएपछि अधिकांश स्थानका पाइपलाइन, बिजुलीको ट्रान्सफर्मर तथा खम्बा पुनर्निर्माणको काम बाँकी रहेको छ। आयोजनालाई कोरोना, सुनकोसीको बाढीले मुहानमा क्षति पुर्‍याउँदा आयोजना करिब एक वर्ष लम्बिएको हो। हाल करिब ९९ प्रतिशत काम सकिए पनि क्षतिग्रस्त संरचना पुनर्निर्माणको चरणमै रहेको लामाले बताए।

उनका अनुसार मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको छ भने तीन हजार उपभोक्तालाई घरमा पानी पुर्‍याइसकिएको छ। उनका अनुसार २३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको छ भने मेनलाइन र शाखा लाइनमा पाइप विछ्याउने तथा घरघरमा धाराका सामग्री वितरणकार्य भइरहेको छ। साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमा पानी परीक्षण भइसकेको छ।

उक्त आयोजनाले नमोबुद्ध नगरपालिका–५ कोटतेमाल र कालीमाटीका करिब ९०० घर तथा रोशी गाउँपालिका–७ कटुञ्जेस्थित ११० घरपरिवार समेटिएका छन्। तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन निर्माण थालिएको हो। पाइपको मेनलाइनअन्तर्गत ५० किलोमिटर उपभोक्ताले खाल्डो खनेर विछ्याउनु पर्ने सम्झौताअनुसार काम भएको छ। आयोजनाका लागि पाँच करोड रुपैंयाँ बराबरको जनश्रमदान भएको लामाले बताए।

याङ्बेल डाँडामा आयोजनाको चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ। आयोजनाको छुट भएका केही निर्माणको काम गर्न संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट २०८१ पुसमा १० करोड ३४ लाख ४१ हजार रुपैंयाँ उपलब्ध भएपछि थप निर्माणको काम भएको थियो।

हाल आयोजना सम्पन्न गरेर औपचारिक रुपमा हस्तान्तरण गर्न आयोजना तथा ठेकेदारले बेवास्ता गरेको स्थानीयको आरोप छ। आयोजना सम्पन्न गर्न अझै ४६ करोड रुपैंयाँ लाग्ने अनुमान गरिएको छ। लिफ्टिङ प्रविधिको उक्त आयोजनाको मुहान सुनकोशी नदी किनारमा छ।

विसं २०८१ असोजको वर्षको बाढी–पहिरोले आयोजनाको ६० लाख रुपैंयाँ भन्दा बढी क्षति पुर्‍याएको थियो भने करोडौंका संरचनालाई जोखिम पुर्‍याएको थियो। तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालकाको नौ वटा वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिकाको सात नम्बर वडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन्।

नेपाल सरकार, खानेपानी विभागमार्फत एक अर्ब २७ करोड रुपैंयाँ, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोसी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना भने बनिसकेका छन्।

2