Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

चीनमा नेपाली जडीबुटीको बजार विस्तार, पाँच वर्षमा निर्यात स्वीकृति दोब्बर

चीनमा नेपाली जडीबुटीको बजार विस्तार, पाँच वर्षमा निर्यात स्वीकृति दोब्बर
A A+ A-

काठमाडौं । चीनमा नेपाली जडीबुटीको बजार पहुँच तीव्र रूपमा विस्तार हुँदै गएको छ। चीनमा निर्यात गर्न स्वीकृति पाएका नेपाली जडीबुटीका प्रकार सन् २०२३ को १६ बाट बढेर अहिले ३१ पुगेका छन्।

चालु वर्षको पहिलो त्रैमासिकमा चीनको सिचाङ (तिब्बत) हुँदै २७.५ टन नेपाली जडीबुटी आयात भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८९ प्रतिशत बढी हो।

नेपाली जडीबुटी व्यवसायी डा. ध्रुवराज भट्टराईले हालै बेइजिङमा आयोजित चीन–नेपाल लगानी सम्मेलनमा ३७ प्रकारका जडीबुटीजन्य उत्पादन प्रस्तुत गरेका थिए। उनको कम्पनीले २६ वर्षदेखि नेपालमै उत्पादन बिक्री गर्दै आए पनि अहिले अन्तर्राष्ट्रिय बजार प्रवेशका लागि जीएमपी प्रमाणीकरण प्रक्रिया अघि बढाइरहेको छ।

सम्मेलनमा चिनियाँ उद्यमीहरूले नेपाली कम्पनीसँग अनुसन्धान सहकार्यको इच्छा व्यक्त गर्दै सेप्टेम्बरमा चीनमा हुने औषधि प्रदर्शनीमा सहभागी हुन निम्तो दिएका छन्। नेपालमा ७०० भन्दा बढी प्रकारका जडीबुटी पाइने भएकाले अन्तर्राष्ट्रिय बजार विस्तारको ठूलो सम्भावना रहेको भट्टराईले बताए।

कर्णालीमा चिनियाँ कम्पनीको ५ करोड रुपैयाँ लगानीमा जडीबुटी प्रशोधन कारखाना स्थापना भएको छ। स्थानीय किसानले जंगलमै खेर जाने चुत्रो र गुर्जोलगायत जडीबुटी संकलन गरी बिक्री गर्न थालेपछि स्थानीय आम्दानी र रोजगारीका अवसरसमेत बढेका छन्।

यसैबीच, चीनको विश्वव्यापी विकास तथा दक्षिण–दक्षिण सहकार्य कोषको वित्तीय सहयोगमा एफएओले नेपालमा करिब २४.९ लाख अमेरिकी डलरको कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना अघि बढाएको छ। परियोजनाबाट करिब २२ हजार ४०० नेपाली प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

यी गतिविधिले चीन–नेपाल सहकार्य व्यापार र लगानीका घोषणाबाट उत्पादन, बजार पहुँच र स्थानीय आम्दानीमा प्रत्यक्ष प्रभाव पार्ने चरणमा प्रवेश गरेको देखाएको छ।

2