Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

चीनको पोर्सिलेन उद्योग विश्व सम्पदा सूचीमा

अ+ अ-

बेइजिङ- चीनको प्रसिद्ध पोर्सिलेन नगरी चिङतचनका ऐतिहासिक हस्तकला पोर्सिलेन उद्योगसम्बन्धी स्थलहरू विश्व सम्पदा सूचीमा समावेश भएका छन्। यससँगै विश्व सम्पदा सूचीमा चीनको पोर्सिलेन संस्कृति र उद्योगको प्रतिनिधित्व गर्ने महत्वपूर्ण सम्पदा थपिएको छ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को ४८औँ विश्व सम्पदा सम्मेलनले २५ जुलाई २०२६ मा ‘चिङतचन हस्तकला पोर्सिलेन उद्योगका स्थलहरू’लाई विश्व सम्पदा सूचीमा समावेश गरेको हो। यो चीनको ६१औँ विश्व सम्पदा बनेको छ।

युनेस्कोको विश्व सम्पदा समितिले चिङतचनका पोर्सिलेन उद्योगसम्बन्धी स्थलहरूको पूर्णता र प्रामाणिकतालाई मान्यता दिएको छ। यी स्थलहरूले १०औँदेखि १९औँ शताब्दीसम्म पोर्सिलेन प्रविधि, कला र उत्पादन प्रणालीको विकास तथा विश्वव्यापी प्रभावलाई प्रमाणित गर्ने महत्वपूर्ण अवशेष प्रस्तुत गर्छन्।

विशेषगरी १३औँदेखि १९औँ शताब्दीसम्म चिङतचनले पोर्सिलेन उत्पादनको प्रविधि, कलात्मक शैली र औद्योगिक संरचनाको विकासमा महत्वपूर्ण भूमिका खेलेको थियो। यहाँको उत्पादन प्रणालीले चीनमा मात्रै नभई विश्वभर पोर्सिलेन उद्योगको विकासमा प्रभाव पारेको मानिन्छ।

चिङतचन निवेदन परियोजनाका जिम्मेवार अधिकारी वै छिङका अनुसार पोर्सिलेन बनाउने प्रविधि प्राचीन चीनको महत्वपूर्ण आविष्कारमध्ये एक हो। चिङतचनले लामो समयसम्म विश्व पोर्सिलेन उद्योगको विकासलाई नेतृत्व गर्दै विभिन्न देशका मानिसको जीवनशैलीमा समेत प्रभाव पारेको उनले बताए।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सांस्कृतिक तथा प्राकृतिक सम्पदा मानव सभ्यताको विकासका महत्वपूर्ण उपलब्धि र विभिन्न सभ्यताबीच आदान–प्रदानका महत्वपूर्ण माध्यम भएको बताउँदै यस्ता सम्पदाको संरक्षण, हस्तान्तरण र उचित उपयोग साझा दायित्व भएको उल्लेख गरेका छन्।

उनले ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनःउत्पादन वा प्रतिस्थापन गर्न नसकिने मूल्यवान स्रोत भएकाले संरक्षणलाई सधैँ प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।

चिङतचनमा पोर्सिलेनसँग जोडिएको अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणसमेत निरन्तर भइरहेको छ। हाल यहाँ ३ हजार २४८ जना नगरस्तरीय अमूर्त सांस्कृतिक सम्पदा उत्तराधिकारी रहेका छन्। तीमध्ये १५ जना राष्ट्रियस्तर र ७० जना प्रान्तीयस्तरका उत्तराधिकारी छन्।

चिङतचनको विश्व सम्पदा सूचीमा समावेशसँगै चीनको प्राचीन ‘रेशम, चिया र पोर्सिलेन’मध्ये पोर्सिलेनसम्बन्धी सांस्कृतिक सम्पदाले पनि विश्व सम्पदा सूचीमा औपचारिक स्थान पाएको छ।

2