Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

धौवादी फलाम खानीबाट वार्षिक ५ लाख टन उत्पादनको योजना

अ+ अ-

नवलपरासी। धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादी फलाम खानीबाट व्यावसायिक उत्खनन र उत्पादन अघि बढाउने योजना तयार गरेको छ।

कम्पनीले करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको खानीबाट ९ करोड ६० लाख टन धाउ उत्खनन गर्न सकिने योजनासहितको प्रतिवेदन खानी तथा भूगर्भ विभागमा बुझाएको छ।

सरकारले हरेक वर्षको बजेटमार्फत धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन सुरु गर्ने घोषणा गर्दै आए पनि आयोजना हाल अध्ययन, अनुसन्धान र पूर्वाधार निर्माणकै चरणमा छ। आर्थिक वर्ष २०६७/६८ देखि खानीको अन्वेषण सुरु गरिएको थियो। प्रारम्भिक अन्वेषणले खानीमा करिब १० करोड मेट्रिक टन फलाम भण्डार रहेको देखाएको थियो।

त्यसपछि धौवादी फलाम कम्पनीका वरिष्ठ भूगर्भविद्सहितको अध्ययनले खानीमा १५ करोड मेट्रिक टनभन्दा बढी कच्चा फलामको रिजर्भ हुन सक्ने देखाएको कम्पनीले जनाएको छ। खानी क्षेत्रलाई धौवादी पोखरी र दुर्लुङ गरी दुई ब्लकमा विभाजन गरिएको छ। धौवादी पोखरी ब्लक २५ वर्ग किलोमिटर र दुर्लुङ ब्लक १६ वर्ग किलोमिटरमा फैलिएको छ।

कम्पनीका निर्देशक शैलेशकुमार थापाका अनुसार भूमिगत फलामको नमुना तथा भण्डार परीक्षणका लागि १२ स्थानमा गरी करिब १ हजार ५०० मिटर ड्रिलिङ सम्पन्न भइसकेको छ। योजना स्वीकृत भएपछि थप अनुसन्धान र उत्खननको काम अघि बढाइने उनले बताए।

कम्पनीले खानी सञ्चालनमा आएपछि वार्षिक करिब ५ लाख टन फलामजन्य वस्तु उत्पादन गर्न सकिने अनुमान गरेको छ। यसबाट मुलुकको कुल मागमध्ये करिब २५ प्रतिशत फलामजन्य वस्तुको आयात प्रतिस्थापन गर्न सकिने कम्पनीको दाबी छ।

खानी सञ्चालनले स्वदेशी स्टिल उद्योगको विकास, रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने अपेक्षा गरिएको छ। आयोजना सञ्चालनबाट वातावरणमा पर्ने प्रभाव मूल्यांकनका लागि ईआईए भइरहेको र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम छिट्टै सुरु गरिने कम्पनीले जनाएको छ।

खानीसम्म पुग्ने सडक तथा अन्य आवश्यक पूर्वाधारको स्तरोन्नति भइरहेको छ। कम्पनीमा सरकारका विभिन्न निकायको शेयर लगानी रहेको छ भने २५ प्रतिशत शेयर निजी क्षेत्रका लागि छुट्याइएको छ। निजी लगानी आकर्षित गर्न धौवादी फलाम खानीलाई तेस्रो लगानी सम्मेलनमा समेत सम्भावित लगानी आयोजनाका रूपमा प्रस्तुत गरिएको थियो।

2