Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भारतको निजी क्षेत्रको व्यावसायिक गतिविधि सुधारतर्फ

अ+ अ-

काठमाडौं। भारतको निजी क्षेत्रको व्यावसायिक गतिविधि अगस्टमा सामान्य सुधार देखिएको छ।

एसएन्डपी ग्लोबलले सार्वजनिक गरेको एचएसबीसी फ्ल्यास कम्पोजिट खरिद व्यवस्थापक सूचकांक (पीएमआई) जुलाईको ५२ महिनायताकै न्यून ५४.३ बाट बढेर अगस्टमा ५४.६ पुगेको हो।

५० भन्दा माथिको पीएमआईले अर्थतन्त्रमा विस्तार भइरहेको संकेत गर्छ। यद्यपि पछिल्लो औसत करिब ६० को तुलनामा अगस्टको वृद्धि अझै कमजोर देखिएको छ।

मागको प्रमुख सूचक नयाँ अर्डरमा केही सुधार आए पनि दीर्घकालीन औसतभन्दा कमजोर रहेको छ। कम्पनीहरूले चुनौतीपूर्ण बजार अवस्था, बढ्दो प्रतिस्पर्धा र ग्राहकको मागमा कमीलाई व्यवसाय विस्तारका प्रमुख अवरोधका रूपमा औँल्याएका छन्। निर्यात अर्डरको वृद्धिदर भने जुलाईको तुलनामा सुस्त भएको छ।

सेवा क्षेत्रले समग्र वृद्धिलाई मुख्य रूपमा धानेको छ। सेवा क्षेत्रको पीएमआई जुलाईको ५३.३ बाट बढेर अगस्टमा ५४.५ पुगेको छ। तर उत्पादन क्षेत्रको अवस्था कमजोर बनेको छ।

उत्पादन पीएमआई लगातार तेस्रो महिना घट्दै जुलाईको ५३.५ बाट ५२.९ मा झरेको छ। यो अगस्ट २०२१ यताकै न्यून स्तर हो। वस्तु उत्पादन र नयाँ अर्डर दुवैको वृद्धिदर पाँच वर्षयताकै कमजोर देखिएको छ।

उत्पादन क्षेत्रमा रोजगारीसमेत साढे दुई वर्षयता पहिलोपटक घटेको छ। यद्यपि समग्र रोजगारी वृद्धिदर भने सन् २०२५ को जुनयताकै तीव्र बनेको छ। सेवा क्षेत्रमा रोजगारी सिर्जना १५ महिनायताकै उच्च भएपछि समग्र रोजगारी वृद्धिमा सुधार आएको हो।

यसैबीच, उत्पादन लागतको दबाब सात महिनायताकै न्यून स्तरमा झरेको छ। तर लागत बढेको भार ग्राहकमा सार्न कम्पनीहरूले बिक्री मूल्य बढाउने क्रम तीव्र बनाएका छन्। अगस्टमा बिक्री मूल्य वृद्धि अप्रिलयताकै उच्च रहेको छ।

आगामी १२ महिनाको व्यावसायिक सम्भावनाप्रति कम्पनीहरूको विश्वास अगस्टमा केही बढेको छ। तर सन् २०२६ को सुरुआती महिनाको तुलनामा व्यवसायिक आशा अझै मध्यम रहेको सर्वेक्षणले देखाएको छ।

2