udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

१५ करोडको भेनम उद्योग मेसिनमै अड्कियो

१५ करोडको भेनम उद्योग मेसिनमै अड्कियो
A A+ A-

काठमाडौं । नेपालमै सर्पदंशको जीवनरक्षक औषधि उत्पादन गरेर आयात निर्भरता घटाउने लक्ष्यसहित अघि बढाइएको उद्योग अहिले मेसिन किन्न नसकेर थला परेको छ । सुनसरीको वराहक्षेत्रमा स्थापना गरिएको एन्टी–स्नेक भेनम सेरम रिसर्च एन्ड म्यानुफ्याक्चरिङ प्रालिले पूर्वाधारमा मात्रै करिब १५ करोड रुपैयाँ खर्च गरिसकेको छ । भवन तयार छ, सर्प र घोडा तयार छन्, प्राविधिक जनशक्ति पनि छ । तर उत्पादन चलाउने मुख्य मेसिन छैन ।

उद्योगका अध्यक्ष तथा सर्प अनुसन्धानकर्ता लक्ष्मीप्रसाद फुयाँलका अनुसार उद्योग सञ्चालनका लागि थप करिब २० करोड रुपैयाँ आवश्यक छ । परियोजनामा आधारित कर्जा उपलब्ध भए नेपालमा आवश्यक पर्ने ठूलो हिस्सा एन्टी–स्नेक भेनम स्वदेशमै उत्पादन गर्न सकिने उनको दाबी छ ।

करिब ३५ करोड रुपैयाँ लागत अनुमान गरेर अघि बढाइएको उद्योगको भौतिक संरचना निर्माण भइसकेको छ । औषधि उत्पादनका लागि आवश्यक कोब्रा, करेत र भाइपर प्रजातिका १३८ वटा सर्प तथा चार वटा घोडा उद्योग परिसरमा राखिएका छन् ।

फुयाँलका अनुसार उद्योगसँग सर्पको विष संकलनदेखि औषधि उत्पादनसम्मका लागि आवश्यक प्राविधिक ज्ञान र जनशक्ति पनि छ । तर मुख्य उपकरण आयात गर्न नसक्दा यत्रो लगानी भएको उद्योग सञ्चालनमै आउन सकेको छैन ।

‘भवन बनिसक्यो, सर्प र घोडा पनि पालिसकेका छौँ, प्राविधिक ज्ञान पनि छ,’ फुयाँल भन्छन्, ‘तर मेसिन ल्याउन नसक्दा उत्पादन सुरु गर्न सकिएको छैन।’

समस्या उद्योगको पूर्वाधारमा भन्दा अहिले पैसामा आएर अड्किएको छ । फुयाँलका अनुसार सरकारले परियोजनामा आधारित कर्जा उपलब्ध गराउने नीति लिए पनि व्यवहारमा उद्योगले त्यस्तो सुविधा पाउन सकेको छैन । उद्योग विभागबाट आवश्यक सिफारिस भइसके पनि बैंक, अर्थ मन्त्रालय र सम्बन्धित सरकारी निकायबीचको समन्वय अभावले कर्जा प्रक्रिया अघि बढ्न नसकेको उनको गुनासो छ ।

अझ रोचक कुरा, उत्पादन सुरु नहुँदै बजारको एउटा आधारसमेत तयार भइसकेको छ । फुयाँलका अनुसार स्वास्थ्य मन्त्रालयले उद्योगबाट उत्पादन हुने एन्टी–स्नेक भेनमको ६० प्रतिशत खरिद गर्ने समझदारी गरिसकेको छ । अर्थात् उत्पादन सुरु भएपछि बजार खोज्नुपर्ने अवस्था समेत नरहेको उनको दाबी छ ।

तर माग र आपूर्तिको अवस्था हेर्दा नेपालमा स्वदेशी उत्पादनको आवश्यकता अझ ठूलो देखिन्छ । नेपालमा एन्टी–स्नेक भेनमको वार्षिक वास्तविक मागको आधिकारिक तथ्यांक स्पष्ट छैन । क्षेत्रका विज्ञहरूको अनुमानमा माग करिब पाँच लाख भायलसम्म पुग्न सक्छ । तर सरकारले अहिले वार्षिक करिब ६० हजार भायल मात्र आयात गर्ने गरेको फुयाँलको दाबी छ ।

यही अन्तरले सर्पदंशको उपचारमा औषधि अभावको समस्या देखिने गरेको छ । गर्मी र वर्षायाममा सर्पदंशका घटना बढ्दा अस्पताल तथा उपचार केन्द्रमा एन्टी–स्नेक भेनमको माग पनि बढ्छ । केही समयअघि वीरगन्जको एक उपचार केन्द्रले औषधि मौज्दात नभएको भन्दै सर्पदंशका बिरामीको उपचार गर्न नसकिने सूचना सार्वजनिक गरेको घटना पनि बाहिर आएको थियो । त्यसपछि विराटनगरस्थित कोशी अस्पतालमा समेत एन्टी–स्नेक भेनमको उपलब्धताबारे सोधपुछ बढेको थियो ।

नेपालका तराई तथा भित्री मधेशका जिल्लामा सर्पदंश ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा रहँदै आएको छ । वर्षायाममा जोखिम अझ बढ्छ । अस्पताल टाढा हुनु, समयमै उपचार नपुग्नु र आवश्यक औषधि उपलब्ध नहुनुले जोखिम थप बढाउँछ ।

सरकारी अभिलेखमा सर्पदंशबाट हुने मृत्युको संख्या वर्षअनुसार केही दर्जनदेखि सय आसपास देखिए पनि विभिन्न अध्ययनले वास्तविक क्षति धेरै ठूलो हुन सक्ने देखाएका छन् । केही अन्तर्राष्ट्रिय अध्ययनले नेपालमा सर्पदंशका कारण वार्षिक मृत्यु हजारौँसम्म हुन सक्ने अनुमानसमेत गरेका छन् । विभिन्न अध्ययनमा नेपालमा प्रत्येक वर्ष २० हजारदेखि ४० हजारसम्म मानिस सर्पदंशको जोखिममा पर्ने उल्लेख छ ।

तर स्वदेशमै औषधि उत्पादन गर्ने प्रयास भने कानुनी प्रक्रियामै वर्षौँ अल्झियो । फुयाँलले २०७१ सालतिरै नेपालमा एन्टी–स्नेक भेनम उत्पादन गर्ने योजना अघि सारेका थिए । त्यतिबेला सर्प पालन गरेर औषधि उत्पादन गर्ने स्पष्ट कानुनी आधार थिएन ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा सर्प पालनसम्बन्धी स्पष्ट व्यवस्था नभएपछि कानुन संशोधनका लागि लामो समय लाग्यो । २०७३ सालमा ऐन संशोधन भयो, २०७६ सालमा नियमावली आयो र २०८१ सालमा आवश्यक कार्यविधि बनेको फुयाँल बताउँछन् ।

‘एउटा उद्योग सञ्चालन गर्न आवश्यक कानुनी जग तयार हुनै १२ वर्ष लाग्यो,’ उनको गुनासो छ ।

अहिले कानुनी बाटो खुलेको छ । उद्योगको भवन तयार छ । सर्प र घोडा तयार छन् । प्राविधिक क्षमता पनि रहेको दाबी छ । स्वास्थ्य मन्त्रालयले उत्पादनको हिस्सा खरिद गर्ने समझदारी गरेको छ । तर उत्पादन सुरु गर्न चाहिने मेसिन ल्याउन पैसा छैन ।

फुयाँलको माग पनि अनुदानको होइन । उनी परियोजनामा आधारित करिब २० करोड रुपैयाँ कर्जा उपलब्ध गराउन सरकारसँग आग्रह गरिरहेका छन् ।

उद्योग सञ्चालनमा आए नेपालले आयात गर्ने एन्टी–स्नेक भेनमको हिस्सा घटाउन सक्ने र आपूर्ति अभावका कारण उपचार प्रभावित हुने समस्या कम गर्न सक्ने उनको दाबी छ । स्वदेशी उत्पादनले आपूर्ति नियमित बनाउन, विदेशी मुद्रा बचाउन र सर्पदंशको उपचारमा औषधि अभाव घटाउनसमेत सहयोग पुग्न सक्छ ।

तर अहिले अवस्था उल्टो छ । जीवनरक्षक औषधिमा आत्मनिर्भर बन्ने लक्ष्यसहित निजी क्षेत्रले १५ करोड रुपैयाँ खर्च गरिसकेको छ, उत्पादनको सम्भावित बजारसमेत देखिएको छ, तर सरकारी सहजीकरण र वित्तीय पहुँच नपुग्दा उद्योगको मेसिन नै आउन सकेको छैन ।

सर्प छन्, घोडा छन्, भवन छ । औषधि उत्पादन गर्ने मेसिन मात्रै छैन । यही एउटा अभावले १५ करोडको लगानीलाई अहिले उद्योग होइन, प्रतीक्षामा रहेको संरचनामा बदलिदिएको छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action