Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

टीएलसी एयर कन्डिसनरको विश्वव्यापी सञ्चित बिक्री १० करोड युनिट नाघ्यो

टीएलसी एयर कन्डिसनरको विश्वव्यापी सञ्चित बिक्री १० करोड युनिट नाघ्यो
A A+ A-

काठमाडौं। विश्वव्यापी होम इन्टरटेनमेन्ट तथा होम इलेक्ट्रोनिक्स ब्रान्ड टीएलसीले एयर कन्डिसनर व्यवसायमा महत्वपूर्ण विश्वव्यापी उपलब्धि हासिल गरेको छ। मार्केट पोजिसन स्टेटमेन्टअनुसार सन् २०२१ देखि २०२६ को पहिलो त्रैमासिकसम्म टीएलसी एयर कन्डिसनरको विश्वव्यापी सञ्चित बिक्री १० करोड युनिट नाघेको कम्पनीले जनाएको छ।

मार्केट पोजिसन स्टेटमेन्ट सन् २०२६ जुनमा जारी गरिएको हो। विश्व एयर कन्डिसनर बजारसम्बन्धी अनुसन्धानका आधारमा उक्त प्रतिवेदनले टीएलसीको विश्वव्यापी बिक्री उपलब्धिलाई प्रमाणित गरेको कम्पनीको भनाइ छ। यस उपलब्धिले विश्व एयर कन्डिसनर बजारमा टीएलसीको बढ्दो उपस्थिति, उपभोक्ता स्वीकार्यता तथा ब्रान्डप्रतिको विश्वासलाई थप बलियो बनाएको जनाइएको छ।

चीनबाट एयर कन्डिसनर निर्यातमा टीएलसी दोस्रो

चीनबाट एयर कन्डिसनर निर्याततर्फ पनि टीएलसीले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। चीनसम्बन्धी उद्योग तथ्यांकअनुसार सन् २०२४ मा टीएलसीले चीनमा १.९१७ करोड युनिट घरेलु एयर कन्डिसनर उत्पादन गरेको थियो। यसले कम्पनीलाई उत्पादनका आधारमा उद्योगका शीर्ष तीन कम्पनीमध्ये राखेको छ।

सोही अवधिमा टीएलसीको एयर कन्डिसनर निर्यात मात्रा १.३८१ करोड युनिट पुगेको थियो। यससँगै टीएलसी चीनबाट हुने एयर कन्डिसनर निर्यातमा दोस्रो स्थानमा रहेको तथ्यांकमा उल्लेख छ। चीनका शीर्ष तीन एयर कन्डिसनर निर्यातकर्तामध्ये टीएलसीले सबैभन्दा उच्च निर्यात वृद्धि दर हासिल गरेको पनि जनाइएको छ।

प्रविधि र ऊर्जा दक्षतामा निरन्तर लगानी

विश्वका विभिन्न बजारमा एयर कन्डिसनरको विस्तारसँगै टीएलसीले उत्पादन प्रविधि, ऊर्जा दक्षता, स्मार्ट कनेक्टिभिटी तथा प्रयोगकर्ता–केन्द्रित सुविधामा निरन्तर लगानी गर्दै आएको जनाएको छ।

कम्पनीका अनुसार विश्वव्यापी बजारमा हासिल भएका यी उपलब्धिले उत्पादन क्षमतामात्र नभई अनुसन्धान तथा विकास, प्रविधि, आपूर्ति शृङ्खला र अन्तर्राष्ट्रिय बजार विस्तारमा भइरहेको प्रगतिलाई समेत प्रतिबिम्बित गर्छ।

नेपाली बजारमा पनि उपस्थिति विस्तार

विश्व बजारमा टीएलसी एयर कन्डिसनरको बढ्दो उपस्थितिसँगै नेपाली बजारमा पनि ब्रान्डको उपस्थिति थप मजबुत हुँदै गएको कम्पनीले जनाएको छ। नेपालमा टीएलसीले विभिन्न क्षमता र सुविधासहितका एयर कन्डिसनर उपलब्ध गराउँदै आएको छ, जसले घरायसी तथा व्यावसायिक प्रयोगकर्ताका फरक–फरक आवश्यकतालाई सम्बोधन गर्दै आएको छ।

विश्वव्यापी उत्पादन क्षमता, निरन्तर प्रविधिगत विकास र अन्तर्राष्ट्रिय बजारमा बढ्दो उपस्थितिका आधारमा नेपालमा पनि एयर कन्डिसनर व्यवसाय विस्तार गर्ने  टीएलसीको लक्ष्य रहेको छ।

नेपालमा टीएलसीका टीभी, एयर कन्डिसनर, वासिङ मेसिन, रेफ्रिजेरेटर, वाटर डिस्पेन्सर, म्युजिक सिस्टम तथा अन्य इलेक्ट्रोनिक्स उत्पादनहरू उपलब्ध हुँदै आएका छन्। आधुनिक प्रविधि, आकर्षक डिजाइन, उपयोगी फिचर तथा प्रतिस्पर्धी मूल्यका कारण टीएलसीका उत्पादन नेपाली उपभोक्तामाझ लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ।

नेपालमा टीएलसीका उत्पादनहरू अधिकृत वितरकमार्फत बिक्री तथा वितरण हुँदै आएका छन्। विभिन्न उत्पादन श्रेणीमा आफ्नो उपस्थिति विस्तार गर्दै टीएलसीले नेपाली बजारमा स्मार्ट, नवीन र भरपर्दो होम इन्टरटेनमेन्ट तथा होम इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा आफ्नो पहिचान थप मजबुत बनाउँदै लगेको छ।

2