Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

‘टक्सिक’को अग्रिम बुकिङले रच्यो नयाँ कीर्तिमान, ४१ करोड नाघ्यो कमाइ

‘टक्सिक’को अग्रिम बुकिङले रच्यो नयाँ कीर्तिमान, ४१ करोड नाघ्यो कमाइ
A A+ A-

काठमाडाैं । कन्नड स्टार यश अभिनीत बहुप्रतीक्षित चलचित्र ‘टक्सिक’ बुधबार, अगस्ट २६ देखि सिनेमाघरमा प्रदर्शन हुँदैछ। प्रदर्शनअघि नै चलचित्रले अग्रिम बुकिङमा उल्लेख्य व्यापार गर्दै नयाँ रेकर्ड बनाउने संकेत देखाएको छ।

चलचित्रको माग देशभर उच्च भएपछि निर्माताहरूले कन्नड भाषी क्षेत्रबाहिर समेत बिहान ६ बजेदेखिका शोहरू राखेका छन्। अग्रिम बुकिङबाट मात्रै ‘टक्सिक’ले ४० करोड रुपैयाँभन्दा बढीको टिकट बिक्री गरिसकेको छ।

स्याकनिल्कका अनुसार कन्नड संस्करणका लागि ३ लाख २० हजार टिकट बिक्री भइसकेका छन्, जसबाट करिब १४ करोड रुपैयाँ आम्दानी भएको छ। हिन्दी संस्करणले भने पछिल्लो समय कन्नड संस्करणलाई उछिन्दै ४ लाख ८० हजार टिकट बिक्रीबाट करिब १६.५ करोड रुपैयाँ कमाएको छ।

तेलुगु संस्करणमा ११ हजार २०० टिकट बिक्रीबाट २९.१० लाख रुपैयाँ आम्दानी भएको छ। आन्ध्र प्रदेशमा भने अग्रिम बुकिङ पूर्ण रूपमा खुल्न बाँकी रहेकाले त्यहाँको व्यापार अझ बढ्न सक्ने अनुमान गरिएको छ। रवि तेजाको ‘इरुमुडी’का कारण स्क्रिन बाँडफाँडमा ‘टक्सिक’ले चुनौती सामना गरिरहेको बताइएको छ।

तमिल संस्करणले पनि राम्रो माग देखाएको छ। त्यहाँ ७५ हजार ३०० टिकट बिक्रीबाट करिब १.१ करोड रुपैयाँ आम्दानी भएको छ। त्यस्तै, मलयालम संस्करणले १८ हजार ४०० टिकट बिक्री गर्दै ३४.३ लाख रुपैयाँ संकलन गरेको छ।

समग्रमा ‘टक्सिक’का लागि हालसम्म ९ लाख १० हजार टिकट बिक्री भइसकेका छन्, जसबाट करिब ३२.४ करोड रुपैयाँ आम्दानी भएको छ। ब्लक गरिएका आरक्षित सिटसमेत जोड्दा कुल अग्रिम बुकिङको मूल्य ४१.५२ करोड रुपैयाँ पुगेको छ। चलचित्र प्रदर्शन हुन अझै एक दिन बाँकी रहेकाले अग्रिम बुकिङ बन्द हुँदासम्म यो रकम ५० करोड रुपैयाँसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

‘टक्सिक’को अग्रिम बुकिङले शाहरुख खानका ‘पठान’ र ‘जवान’को प्रि-सेल्स रेकर्डलाई समेत चुनौती दिएको छ। ‘पठान’ले १० लाख टिकट बिक्रीबाट ३२.०१ करोड रुपैयाँ र ‘जवान’ले १५.७ लाख टिकट बिक्रीबाट ४०.७५ करोड रुपैयाँ कमाएका थिए।

कम टिकट बिक्री भए पनि ‘टक्सिक’ले आम्दानीका आधारमा दुवै चलचित्रलाई पछाडि पारेको दाबी गरिएको छ। प्रदर्शनको दिन हुने स्पट बुकिङबाट पनि ठूलो संख्यामा टिकट बिक्री हुने अपेक्षा गरिएको छ। यही आधारमा व्यापार विश्लेषकहरूले ‘टक्सिक’ले पहिलो दिनमै १०० करोड रुपैयाँभन्दा बढीको ओपनिङ गर्न सक्ने अनुमान गरेका छन्।

2