Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

उद्योगी–व्यवसायीको यती कमजोर मनस्थिति कहिल्यै थिएन– एफएनसीसीआई अध्यक्ष श्रेष्ठ

उद्योगी–व्यवसायीको यती कमजोर मनस्थिति कहिल्यै थिएन– एफएनसीसीआई अध्यक्ष श्रेष्ठ
A A+ A-

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अन्जनकुमार श्रेष्ठले आफ्नो ३६ वर्षको व्यावसायिक यात्रामा उद्योगी–व्यवसायीको यती कमजोर मनस्थिति कहिल्यै नदेखेको बताएका छन्।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्णजयन्ती वर्षका अवसरमा आयोजित नाडा अटो शो २०२६लाई सम्बोधन गर्दै श्रेष्ठले बजारमा माग बढ्न नसक्दा उद्योग तथा व्यवसाय सञ्चालन कठिन बनेको बताए। उनले सरकारले अर्थतन्त्रलाई गति दिने लक्ष्य अघि सारे पनि त्यसका लागि स्पष्ट रणनीति, ठोस योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए।

सरकारले आगामी ५ देखि ७ वर्षमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने, अर्थतन्त्रको आकार १०० अर्ब डलर बनाउने र १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको उल्लेख गर्दै श्रेष्ठले कमजोर व्यावसायिक विश्वास कायम रहे ती लक्ष्य हासिल गर्न चुनौती हुने संकेत गरे।

श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई अर्थतन्त्र चलायमान बनाउने महत्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गर्दै आयातमा मात्र निर्भर नभई स्वदेशी उत्पादन विस्तार गर्नुपर्ने बताए। नेपालमै एसेम्ब्ली, कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङ र स्पेयर पार्ट्स उत्पादनको ठूलो सम्भावना रहेको उनको भनाइ छ।

उनले सरकारलाई उद्योगी–व्यवसायीको घट्दो विश्वास फर्काउने गरी लगानीमैत्री वातावरण बनाउन आग्रह गरे। नयाँ उद्योग खोल्न प्रोत्साहन गर्नुका साथै समस्यामा परेका पुराना उद्योगलाई टिकाउन र बन्द उद्योग पुनःसञ्चालन गर्ने वातावरण बनाउनुपर्ने उनले बताए।

युवाको बढ्दो विदेश पलायनलाई चुनौतीका रूपमा प्रस्तुत गर्दै श्रेष्ठले स्वदेशमै रोजगारी सिर्जना र उत्पादन विस्तार नगरे आगामी वर्षहरूमा यसको असर अझ गम्भीर हुने बताए।

सरकारले अघि सारेको आर्थिक लक्ष्य पूरा गर्न निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको भन्दै उनले त्यसका लागि सबैभन्दा पहिले व्यवसायीको विश्वास र लगानीको वातावरण पुनःस्थापित गर्नुपर्नेमा जोड दिए।

2