Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भोटेकोशी बाढी : हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन

भोटेकोशी बाढी : हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन
अ+ अ-

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीपछि प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

प्रधानमन्त्री बालेन शाहको सचिवालयले सम्भावित उद्धार तथा राहतका लागि सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बुधबार बिहान करिब सवा ९ बजेतिर भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आएको हो।

तिब्बततर्फबाट आएको बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतर्फ बढेको बताइएको छ। बाढीका कारण ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

बाढीले रसुवा र नुवाकोटको सीमाक्षेत्रमा रहेको बजारसमेत बगाएको बताइएको छ। क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ।

2