Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत् बाहिरियो

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत् बाहिरियो
अ+ अ-

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याउँदा ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट विच्छेद भएको छ।

बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेपछि ४०५ मेगावाट बराबरको जलविद्युत् र २५ मेगावाट सौर्य विद्युत् गरी कुल ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको हो।

भोटेकोशी क्षेत्रमा आएको बाढीले जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएको छ। बाढीका कारण प्रभावित आयोजनाको संख्या ११ पुगेको प्रारम्भिक विवरण छ।

बाढीले आयोजनाका उत्पादन तथा प्रसारण संरचनामा समेत असर पुर्‍याएकाले विद्युत् उत्पादन तथा प्रणाली सञ्चालन प्रभावित भएको हो। प्रभावित आयोजनाको अवस्था र क्षतिको विस्तृत विवरण संकलन भइरहेको सम्बन्धित निकायले जनाएको छ।

बाढीबाट आयोजनामा भएको क्षतिको यकिन विवरण भने अझै आइसकेको छैन। प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको मूल्यांकनको काम जारी रहेकाले विद्युत् प्रणालीबाट थप क्षमता बाहिरिन सक्ने अवस्था रहेको छ।

भोटेकोशी क्षेत्रमा आएको बाढीले सडक, पुल तथा अन्य भौतिक संरचनासँगै जलविद्युत् आयोजनामा समेत गम्भीर असर पुर्‍याएको छ। बाढीको प्रभाव र आयोजनामा भएको क्षतिको थप विवरण संकलन भएपछि मात्र वास्तविक क्षतिको पूर्ण तस्वीर आउनेछ।

2