Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

मुग्लिन नारायणघाटमा बस्ती खाली गर्न आग्रह

मुग्लिन नारायणघाटमा बस्ती खाली गर्न आग्रह
अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीको बहाव धादिङको गल्छी–मलेखु क्षेत्र पार गर्दै तलतर्फ बढेपछि प्रहरीले मुग्लिन–नारायणघाट क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । त्रिशूली नदी किनारका बस्ती तथा बजार क्षेत्रका स्थानीयलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा जान र आवश्यक परे तत्काल क्षेत्र खाली गर्न प्रहरीले अनुरोध गरेको हो ।

प्रहरीका अनुसार भोटेकोशीमा आएको बाढीको बहाव धादिङको गल्छी–मलेखु क्षेत्र पार गरिसकेको छ । अबको केही घण्टामा उक्त बाढीको बहाव मुग्लिन हुँदै नारायणघाटतर्फ जाने सम्भावना रहेकाले त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम बढेको छ ।

बाढीको बहावलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग र मुग्लिन–नारायणघाट सडकखण्डमा समेत विशेष सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । नदी किनारमा रहेका बस्ती, बजार तथा अन्य संवेदनशील क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सर्न भनिएको छ ।

प्रहरीले त्रिशूली नदीको बहाव थप बढ्न सक्ने सम्भावना रहेकाले नदी किनार तथा आसपासका क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सम्भावित जोखिमबाट जोगिन स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने निर्देशन पालना गर्नसमेत अनुरोध गरिएको छ ।

प्रहरीले जारी गरेको सूचनामा रसुवा भोटेकोशीमा आएको बाढी धादिङको गल्छी आसपास पुगेको र केही घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेकाले पृथ्वी राजमार्ग, मुग्लिन–नारायणघाट राजमार्ग तथा त्रिशूली नदी आसपासका बस्ती र बजार क्षेत्र खाली गरी सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

बाढीको बहाव नदीको तल्लो तटीय क्षेत्रमा पुग्दै गर्दा त्रिशूली किनारमा रहेका बस्ती र बजारमा जोखिम बढ्न सक्ने भएकाले स्थानीयलाई सतर्क रहन प्रहरीले आग्रह गरेको हो ।

विशेषगरी नदी किनार, पुल तथा जोखिमयुक्त सडक क्षेत्रमा भिडभाड नगर्न र बाढीको अवस्था हेर्न नदीतर्फ नजान प्रहरीले सचेत गराएको छ । सम्भावित क्षति रोक्न सम्बन्धित निकायले आवश्यक सुरक्षा तथा उद्धार तयारीसमेत अघि बढाएका छन् ।

प्रहरीले बाढीको अवस्था निरन्तर अनुगमन भइरहेको जनाएको छ । स्थानीय प्रशासनबाट थप सूचना जारी भए तत्काल पालना गर्न र जोखिम देखिए सुरक्षित स्थानतर्फ सर्नसमेत सर्वसाधारणलाई आग्रह गरिएको छ ।

2