Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीमा भारत चीनको चासो, २५ अर्ब दिँदै विश्व बैंक

बाढीमा भारत चीनको चासो, २५ अर्ब दिँदै विश्व बैंक
अ+ अ-

काठमाडौं । नेपालमा बाढीपहिरोबाट भएको क्षतिपछि उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले सहयोगमा चासो देखाएका छन्।

बुधबार बिहान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भएको छलफलमा विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले आपत्कालीन सहयोगस्वरूप विभिन्न स्रोतबाट करिब २५ अर्ब रुपैयाँ उपलब्ध गराउन सकिने जानकारी दिएका छन्।

अर्थ मन्त्रालयका अनुसार विश्व बैंकले विपद्पछिको तत्कालीन आवश्यकता सम्बोधन गर्न आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।

यसैबीच, बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। त्यससँगै प्रभावित क्षेत्रमा वैदेशिक सहायता परिचालन गर्ने बाटो खुलेको छ।

दक्षिणी छिमेकी भारतले बाढी प्रभावितका लागि आवश्यक राहत सामग्रीको सूची उपलब्ध गराउन नेपालसँग आग्रह गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आजै काठमाडौं ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।

उत्तरी छिमेकी चीनले पनि तत्काल नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। चिनियाँ राजदूत झाङ माओमिङले अर्थ मन्त्रालयमार्फत सहयोग रकम हस्तान्तरणको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।

अर्थमन्त्री वाग्लेले भारत, चीन तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै सहयोगलाई व्यवस्थित रूपमा परिचालन गर्न अन्तरसरकारी समन्वय भइरहेको बताएका छन्।

रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो जनधन तथा भौतिक पूर्वाधारमा क्षति पुगेपछि सरकारले उद्धार, राहत र पुनर्निर्माणलाई तीव्रता दिएको छ।

2