काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै रसुवामा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
मोदीले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहसँग कुराकानी भएको जानकारी दिँदै विपद्मा ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गरेका हुन्।
उनले कठिन परिस्थितिमा भारतका जनता नेपाली नागरिकको साथमा रहेको उल्लेख गर्दै नेपालप्रति पूर्ण ऐक्यबद्धता जनाएका छन्।
मोदीले नेपाललाई आवश्यक पर्ने सबै प्रकारका मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले अहिले भइरहेको खोज, उद्धार तथा राहत कार्यमा भारत र नेपालका सम्बन्धित टोलीबीच निकट समन्वय भइरहेको समेत बताएका छन्।
नेपालमा परेको संकटका बेला भारतको पूर्ण सहयोग रहने विश्वाससमेत मोदीले प्रधानमन्त्री शाहलाई दिलाएका छन्।
