काठमाडौं । आईएमई रेमिट्यान्सले बाढी प्रभावितका लागि सहयोग रकम पठाउँदा कुनै शुल्क नलिने जनाएको छ।
आईएमईका अनुसार विदेशमा रहेका नेपालीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रकम पठाउँदा निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन्।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले यो सुविधा ल्याइएको आईएमईले जनाएको छ।
विदेशमा रहेका नेपालीले आईएमई रेमिट्यान्समार्फत सम्बन्धित कोषमा रकम जम्मा गर्न सक्नेछन्। कम्पनीले विपद्को समयमा सहयोग गर्न चाहने नेपालीलाई सहज रूपमा रकम पठाउने व्यवस्था गरिएको जनाएको छ।

