काठमाडौं । कामना सेवा विकास बैंकले सार्वजनिक बिदाका दिनमा पनि निश्चित शाखाबाट बैंकिङ सेवा दिने भएको छ।
बैंकले भदौ १३ र १४ गते बिदा भए पनि ग्राहकको सुविधाका लागि विभिन्न शाखा खुला राख्ने जनाएको छ। ती शाखाका काउन्टर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछन्।
भदौ १३ गते विराटचोक, वीरगन्ज, काठमाडौं मुख्य शाखा, नारायणघाट विकास चोक, पोखरा सिर्जनाचोक र बुटवल कोटीहवा शाखा खुला रहनेछन्।
यस्तै, भदौ १४ गते विराटनगर, बर्दिबास, काठमाडौं न्युरोड, नारायणघाट दलदले, पोखरा अमरसिंह, बुटवल मैनाबगर र नेपालगन्ज शाखाबाट सेवा उपलब्ध हुने बैंकले जनाएको छ।
ग्राहकलाई बिदाको समयमा पनि सहज बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले शाखा सञ्चालन गर्न लागिएको बैंकले जनाएको छ।
