Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने
अ+ अ-

काठमाडौँ- त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ अन्तर्गत पृथ्वी राजमार्गको कृष्णभीर सडकखण्डमा कटान भई आवागमन अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाएको छ।

सडक अवरुद्ध हुँदा ग्यास ढुवानीमा असुविधा हुन सक्ने भएकाले एलपी ग्यास उद्योगीहरूसँग छलफल गरी वैकल्पिक आपूर्ति व्यवस्था गरिएको निगमले जनाएको हो।

त्यसअनुसार बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी तथा अन्य जिल्लामा रहेका ग्यास उद्योगहरूले आफूलाई पायक पर्ने अन्य ग्यास उद्योगसँग समन्वय गरी आफ्ना खाली बुलेट खुलाइ सिलिन्डर रिफिल गर्ने व्यवस्था मिलाउने छन्।

कृष्णभीरको बाटो नखुलेसम्म ट्रकमा एलपी ग्यासका सिलिन्डर राखी वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति गरी बिक्री वितरण गर्ने व्यवस्था गरिएको निगमले जनाएको छ।

त्यसैगरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिका लागि ट्यांकर तथा ट्रकलाई स्थानीय प्रशासनसँगको समन्वयमा वैकल्पिक मार्गबाट काठमाडौँसम्म ल्याई आपूर्ति सहज बनाउने व्यवस्था गरिएको निगमले जनाएको छ।

निगमले बाढी तथा सडक अवरोधका कारण पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा समस्या नहोस् भन्ने उद्देश्यले वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्थालाई निरन्तरता दिने जनाएको छ।

2