Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीपछिको पुनर्निर्माणमा ५ अर्ब डलर लाग्ने अनुमान

बाढीपछिको पुनर्निर्माणमा ५ अर्ब डलर लाग्ने अनुमान
अ+ अ-

काठमाडौँ। गत साता आएको विनाशकारी बाढीबाट भएको क्षतिको पुनर्निर्माणमा कम्तीमा ५ अर्ब अमेरिकी डलर खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै प्रारम्भिक आकलनका आधारमा पुनर्निर्माण खर्च ५ अर्ब डलरको हाराहारीमा पुग्न सक्ने बताएका हुन्।

‘प्रारम्भिक अनुमान ५ अर्ब डलरको हाराहारीमा छ। यो केवल अनुमान हो,’ वाग्लेले भने, ‘क्षति र नोक्सानीको विस्तृत मूल्यांकन भइरहेको छ।’

उनका अनुसार सन् २०१५ को भूकम्पपछि भएको पुनर्निर्माण खर्चको तुलनामा यसपटक कम रकम आवश्यक पर्ने देखिएको छ। ७.८ म्याग्निच्युडको उक्त भूकम्पबाट करिब ९ हजार मानिसको मृत्यु भएको र ५ लाखभन्दा बढी घर ध्वस्त भएका थिए। पुनर्निर्माणमा करिब ९ अर्ब डलर खर्च भएको थियो।

गत बुधबार हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि चट्टान, बरफ, माटो र गेग्रानसहितको बाढी नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा बगेको थियो। घटनाबाट नेपाल र चीनको तिब्बत क्षेत्रमा ७०० भन्दा बढी मानिसको मृत्यु भएको तथा सयौँ अझै सम्पर्कविहीन छन्।

बाढीले पुल, सडक र जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। नेपालको विद्युत् उत्पादन क्षमताको १२ प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने आयोजनामा क्षति पुगेकाले यसको असर अर्थतन्त्रमा समेत पर्ने देखिएको छ।

सरकारले क्षति र नोक्सानीको विस्तृत विवरण संकलन गरिरहेको छ। यकिन विवरण आएपछि पुनर्निर्माणका लागि आवश्यक स्रोत र खर्चको वास्तविक आकार स्पष्ट हुने वाग्लेले बताएका छन्।

दातृ निकायबाट सहयोग

बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुट्न थालेको छ। भारत, चीन, विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) ले सहयोगको प्रक्रिया अघि बढाएका छन्।

एडिबीले आपत्कालीन उद्धार तथा राहतका लागि ५० लाख अमेरिकी डलर अर्थात् करिब ७६ करोड रुपैयाँ अनुदान स्वीकृत गरेको छ। उक्त रकम खोज तथा उद्धार, चिकित्सा सामग्री, खाद्यान्न, खानेपानी, अस्थायी आवास तथा आपत्कालीन मर्मतमा खर्च गरिनेछ।

विश्व बैंकले पनि विभिन्न स्रोतबाट नेपाललाई आपत्कालीन सहयोगस्वरूप करिब २५ अर्ब रुपैयाँसम्म उपलब्ध गराउन सकिने जानकारी दिएको अर्थ मन्त्रालयले जनाएको छ।

2