Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आफन्त बेपत्ता भएपछि विदेशी परिवार नेपाल आएर खोजीमा

आफन्त बेपत्ता भएपछि विदेशी परिवार नेपाल आएर खोजीमा
अ+ अ-

काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीमा आफन्त बेपत्ता भएपछि विभिन्न देशका परिवार नेपाल आएर खोजीमा जुटेका छन्। अध्यागमन विभागका अनुसार बाढीपछि नेपाल–चीन सीमाक्षेत्रमा सम्पर्कविहीन भएका आफन्तको अवस्थाबारे जानकारी लिन विदेशी परिवारको आवागमन बढेको छ।

विभागका प्रवक्ता शिवप्रसाद लम्सालका अनुसार भारत, चीन, अमेरिका, युक्रेन, माल्टा, बेलायत, मलेसिया र अस्ट्रेलियालगायत देशका नागरिक आफ्ना आफन्तको खोजीका लागि नेपाल आएका छन्। उनीहरू अस्पताल, प्रहरी कार्यालय, उद्धार तथा पहिचान केन्द्र, अध्यागमन विभाग र घटनास्थल आसपास पुगेर खोजी गरिरहेका छन्।

कतिपय परिवारले अध्यागमन कार्यालयबाट आफन्त नेपाल प्रवेश गरे–नगरेको तथा नेपालबाट बाहिरिएको विवरण लिएका छन्। केहीले ट्रेकिङ एजेन्सीमार्फत यात्रा विवरण संकलन गरी आफन्तका तस्बिर र व्यक्तिगत विवरणसहित अस्पताल तथा शव पहिचान केन्द्रमा खोजी गरिरहेका छन्।

बाढीअघि ८९ जना चीनतर्फ गएका थिए

अध्यागमन विभागका अनुसार भदौ १० गते बुधबार बिहान बाढी आउनुअघि टिम्बुरेस्थित अध्यागमन कार्यालयबाट ८९ जना चीनतर्फ गएका थिए। त्यसमा ३२ नेपाली, १२ चिनियाँ, ९ अमेरिकी, ३३ भारतीय तथा क्यानडा, इटाली र अस्ट्रेलियाका एक–एक जना नागरिक थिए। तीन नेपाली नागरिक भने चीनबाट नेपाल प्रवेश गरेका थिए।

बुधबार बिहान ८ः३५ बजेसम्म उनीहरूको आवागमनसम्बन्धी जाँचपास पूरा भइसकेको विभागले जनाएको छ।

शव पहिचानमा चुनौती

बाढीपछि ठूलो संख्यामा शव फेला परेकाले पहिचान प्रक्रिया चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ।

विदेशी नागरिकको खोजी तथा उद्धारमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक नन्तीराज गुरुङका अनुसार केही शव विदेशी नागरिकका जस्ता देखिए पनि लामो समय पानी र हिलोमा रहेकाले पहिचान गर्न कठिन भएको छ।

यसैबीच, बाढीमा हराएका थप पाँच विदेशी पर्यटकको आइतबार उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार उद्धार हुनेमा स्पेनका तीन, अमेरिका र बेल्जियमका एक–एक जना नागरिक छन्।

बोर्डका अनुसार आइतबारसम्म २८९ विदेशी पर्यटकको उद्धार गरिएको छ भने ५९१ जना अझै सम्पर्कविहीन छन्।

2