Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

चीनले बन्द गर्‍यो तातोपानी नाका

चीनले बन्द गर्‍यो तातोपानी नाका
अ+ अ-

काठमाडौं। चिनियाँ पक्षले तातोपानी नाका हुँदै हुने मालवाहक सवारीसाधनको आवागमन अनिश्चितकालका लागि रोकेको छ। चिनियाँ भन्सार प्रशासनले नेपाली पक्षलाई अगस्ट ३० अर्थात् भदौ १४ गतेदेखि कार्गो आवागमन अस्थायी रूपमा बन्द गरिएको जानकारी दिएको हो।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीका अनुसार नाका पुनः सञ्चालन गर्ने मिति चिनियाँ पक्षले तोकेको छैन। नाका खुलेपछि जानकारी गराउने बताइएको छ।

‘उनीहरूले अस्थायी रूपमा बन्द हुने भनेका छन्। कहिलेसम्मका लागि भन्ने खुलाइएको छैन। खुलेपछि जानकारी गराउँछौं भनेका छन्,’ गिरीले भने, ‘अहिलेलाई बन्द नै भयो। अब दुई–चार दिनको अवस्था हेरेपछि थप कुरा बुझ्न सकिन्छ।’

नाका बन्द हुने सूचना सुरुमा चिनियाँतर्फका ट्रान्सपोर्ट कम्पनीमार्फत नेपाली पक्षले प्राप्त गरेको थियो। नेपाली भन्सारले चिनियाँ भन्सार प्रशासनसँग सम्पर्क गरी उक्त सूचना आधिकारिक भएको पुष्टि गरेको थियो।

गिरीका अनुसार भदौ १२ गतेपछि तातोपानी नाकाबाट एउटा पनि मालवाहक कन्टेनर नेपाल प्रवेश गरेको छैन। त्यसअघि पनि नेपालीतर्फको सडकमा पहिरो तथा अवरोधका कारण कार्गो आवागमन नियमित हुन सकेको थिएन। सडक सञ्चालनमा ल्याउन डेडिकेटेड टोली परिचालन गरी पहिरो पन्छाउनेलगायतका काम हुँदै आएका थिए।

बन्दको कारण चीनले खुलाएन

चिनियाँ पक्षले नाका बन्द गर्नुको औपचारिक कारण भने खुलाएको छैन। नेपाली अधिकारीहरूले सीमा क्षेत्रमा भइरहेको सडक तथा पूर्वाधार निर्माणका कारण हुन सक्ने अनुमान गरेका छन्।

२०७२ सालको भूकम्पपछि खासा क्षेत्रमा पुराना संरचनाभन्दा माथिल्लो भागमा नयाँ बस्ती तथा पूर्वाधार निर्माण हुँदै आएको छ। त्यहाँ भन्सारलगायतका संरचना सञ्चालनमा छन्।

तर नाका बन्द हुनुको कारण पूर्वाधार निर्माण नै भएको पुष्टि चिनियाँ पक्षबाट नभएको गिरीले स्पष्ट पारे।

यात्रु आवागमन भने यथावत्

हालको निर्णय मालवाहक तथा कार्गो सवारीसाधनमा मात्र लागू भएको नेपाली पक्षले जनाएको छ। यात्रु तथा पर्यटकको आवागमन भने रोकिएको छैन।

नाका बन्द भएपछि नेपाली पक्षले चिनियाँ अधिकारीसँग थप जानकारी लिने प्रयास गरिरहेको छ। तर चिनियाँ पक्षले तोकिएका नोडल अधिकारीमार्फत मात्र संवाद गर्ने भएकाले स्थानीय तहमा प्रत्यक्ष छलफल सहज नभएको गिरीले बताए।

नाका बन्द भएको जानकारी परराष्ट्र मन्त्रालयको पूर्वी एसिया डेस्कलाई समेत गराइएको छ। बन्द सामान्य प्राविधिक कारणले भएको हो वा अन्य कुनै कारण छ भन्नेबारे केन्द्रबाट समेत बुझ्ने प्रयास भइरहेको नेपाली अधिकारीहरूले बताएका छन्।

नेपाली पक्षले मितेरी पुलमै बसेर भए पनि दुई पक्षबीच छलफल गर्न चिनियाँ अधिकारीसमक्ष प्रस्ताव गरेको छ।

हाललाई चिनियाँ पक्षले नाका ‘अस्थायी रूपमा बन्द’ भनेकाले दीर्घकालीन बन्दको अवस्था स्पष्ट नभएको गिरीको भनाइ छ। ‘अहिले नै नाका लामो समयका लागि बन्द गर्ने भन्ने देखिँदैन,’ उनले भने, ‘अब दुई–चार दिनको अवस्था हेर्नुपर्छ।’

2